गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले भुम्चुको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भुम्चु पर्व एकदमै पवित्र अनि सिक्किमेहरूका लागि अद्वितीय रहेको बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘यो स्वदेशी पर्वले सिक्किमे संस्कृति र मूल्यलाई प्रतिनिधित्व गर्दछ भने पवित्र जल शान्ति र समृद्धि को प्रतीक हो।’ उनले यस पर्वले सिक्किमका जनताको जीवनमा सुख, शान्ति र प्रचुरता ल्याओस् भनी प्रार्थना गरेका छन्।
गुरु पद्मसम्भवले पवित्र अनुष्ठानहरू र ध्यान गरेपछि आफ्नो पवित्र कलशको पानीले यस भूमिलाई पवित्र गरेको विश्वास रहिआएको छ। पछि, पवित्र कलशलाई पनि पवित्र गरिएको थियो र सिक्किमको टाशीडिङस्थित वहॉंको सबैभन्दा धन्य मठमा राखिएको छ।