काेलकाता: सन्देशखाली मामिलाका मुख्य आरोपित शेख शाहजहॉंको जमानत याचिकामाथि सुनवाई अवधि उनको निम्ति कोर्टमा उभिएका अधिवकताले भने, अहिले म शैतानको वकील बनेर म उभिएको छु।
अर्कोतिर, ईडीले शाहजहॉंको जमानत याचिकाको विरोध गरेको छ। ईडीले कोर्टमा शाहजहॉं शेख एक शक्तिशाली व्यक्ति रहेको बताएको छ।
सन्देशखालीको तृणमूल नेताको अग्रिम जमानतको विरोध गर्दै ईडीले अदालतमा भन्यो, उनी यति शक्तिशाली छन् कि एकपल्टमा १५ मिनटमा ३,००० जनालाई एकत्रित गर्न स्क्छन्। ईडीको आरोपमा शाहजहॉंका वकीलले भने, शाहजहॉं एक शैतान हुन्। धेरै मानिसहरूले यही मान्ने गर्छन्। म शैतानका वकील हुॅं। उनले शाहजहॉंलाई जमानत दिइयोस् भन्दै उनले जॉंचमा हर प्रकारले सहयोग गर्नेछ भनी बताए। कोर्टले दुवै पक्षहरूको कुरा सुनेपछि हालको निम्ति अग्रिम जमानत अस्वीकार गरेको छ।