रुटले अविजित शतकले ईंग्ल्याण्डको लड़ाइँ जारी

IMG-20240223-WA0172.jpg

राँची: खराब फर्मबाट मुक्ति पाएर जो रुटले बनाएको अविजित शतकको सहायताले भारत विरुद्ध चौथो क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डले आफ्नो लड़ाइँ जारी राख्यो। ईंग्ल्याण्डले शुक्रवार पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेट गुमाएर ३०२ रन बनायो। यसअघि तीनवटा टेस्ट म्याचमा लगातार फ्लप हुने रुटले आज बेजबल रणनीतिको विपरीत आफ्नो स्वाभाविक खेल्दै टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक बनाए। आज पहिलो दिनको खेल समाप्त हुँदासम्म रुट १०६ रन अनि ओली रबिन्सन ३१ रनमा अविजित थिए। रुटले आफ्नो शतकीय ईनिंग्समा २२६ बल खेलेर नौवटा चौका लगाएका छन्। भारतीय बलरहरूमा आज पदार्पण टेस्ट खेलिरहेका पेस बलर आकाश दीपले सर्वाधिक ३ विकेट लिए। यसबाहेक मोहम्मद सिराजले २ विकेट लिए। रविन्द्र जडेजा र आर अश्विनको खातामा १-१ विकेट रह्यो।
शुक्रवार बिहान जेएससीए इण्टरनेशनल स्टेडियम कम्प्लेक्समा टस जितेर पहिला ब्याटिंग गर्ने ईंग्ल्याण्डको फसेला गत साबित भयो अनि आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेका आकाश दीपले आफ्नो पहिलो स्पेलमै फर्ममा रहने ईंग्ल्याण्डको शीर्ष तीन ब्याटरलाई आउट गरे। यसमा बेन डकेट (११), ओली पोप (शून्य) र आक्रामक ब्याटिंग गरिरहेका ज्याक क्राउले (४२ बलमा ४२ रन)-को विकेट सामेल छ। त्यसपछि चाहिँ रुटले ईंग्ल्याण्डको ईनिंग्सलाई सम्हाले। यस अवधि उनले जनी बेयरस्टो (३८) र बेन फोक्स (४७)-सँग सानो-सानो तर उपयोगी पार्टनरशीप गरे। कप्तान बेन स्टोक्स केवल ३ रन बनाएर आउट भए। अन्तमा रुटले ओली रबिन्सनसँग मिलेर दिनको अन्तसम्म टीमलाई थप नोक्सानको सम्मुखीन हुनदेखि बचाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement