खरसाङ: सिक्किम अकादमीका पदाधिकारीगण र गाेर्खा जन पुस्तकालय खरसाङका कार्यकारिणी औ साधारण सदस्यमाझ एक सौजन्यमूलक भेटघाट गाेर्खा जन पुस्तकालय भवनमा सम्पन्न भएको छ। गाेर्खा जन पुस्तकालयका सभापति पूर्ण गुरुङ ‘निरुपम’ काे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बा, सचिव पूर्ण याेञ्जन, प्रशासनिक सचिव पीएल शर्मा उपस्थित थिए भने साेनादा साहित्य संस्थानका पूर्व अध्यक्ष साहित्यकार उदय सुब्बा ‘गाेर्खा’ काे पनि विशेष उपस्थिति रहेको थियो। पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’ काे बाहुलिबाट अतिथिगणलाई खदा लगाई सम्मान जनाइयाे भने- पुस्तकालयका सचिव विनोद रसाइलीले सञ्चालन गरेको उक्त भेटघाट कार्यक्रममा सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाले भारतीय गाेर्खाहरुका सबैभन्दा पुरानो यस पुस्तकालयसित मैतृक सम्बन्ध स्थापित गर्न, पुराना पुस्तकहरु दस्तावेजहरु साझा गर्न साथै पुस्तकालयकाे संचालन व्यवस्था, यसकाे इतिहाससहित यसकाे गतिविधि जान्नकाे निम्ति उत्सुक रहेकोले पुस्तकालयकाे परिदर्शनकाे निम्ति आएको जानकारी दिए। उनले सिक्किम अकादमी सरकारकाे देखरेखमा चल्ने गरेको भएता पनि पुस्तकालय संचालन व्यवस्थामा एक सय दस बर्षकाे यात्रा तय गरेको गाेर्खा जन पुस्तकालयबाट धेरै कुरा सिक्ने आशा साँचेर यहाँ उपस्थित हुन आएको मनाेभाव प्रकट गरेका छन्। उनले यो भेटघाट हाम्रो निम्ति शैक्षिक भ्रमण पनि हाे जसबाट धेरै कुरा सिक्ने अवसर पायौँ भनी व्यक्त गरे। गाेजपुका पूर्व सभापति एवं पूर्व सचिव तिलक शर्मा, रवीनकुमार प्रधान, एलडी माेक्तानले पुस्तकालय स्थापना कालदेखि वर्तमानसम्मकाे सम्पूर्ण क्रियाकलाप विषय विस्तृत जानकारी दिँदै सन् १९१३ मा पुस्तकालय स्थापना भएको केही कालपछि पश्चिम बंगाल सरकारले गाेर्खा जन पुस्तकालयलाई सरकारी मान्यता दिलाई आर्थिक सहयोग पनि दिने तर गाेर्खा शब्द हटाउनुपर्ने आदेश दिएको हुँदा तत्कालिन पुस्तकालय संचालन समितिले विराेध जनाउँदै सरकारी मान्यताकाे कुनै खाँचो नरहेको साथै गाेर्खा शब्द पनि नहटाउने फैसला सुनाएको कुरा दाेहाेर्याए। पुस्तकालयकाे गतिविधिमाथि वक्ताहरुले प्रकाश पार्दै भने सन् १९७६ मा आदिकविको सालिग निर्माण गरेको साथै वर्तमानमा भानु सालिगकाे नाम परिवर्तन गरी गाेर्खा जातीय विभूति उद्यान नामकरण गरी वर्तमान सम्ममा आदि कवि भानुभक्त आचार्य, जातीय कवि अगमसिँह गिरी, शिवकुमार राई, पारसमणि प्रधान,पाद्री गङ्गाप्रसाद प्रधान, स्वतन्त्र सङ्ग्रामी प्रतिमानसिँह लामाकाे सालिग निर्माण गरीसकेकाे जानकारी गराए। वक्ताहरुले पुस्तकालयमा भाषा सेवी पारसमणि प्रधानकाे ठूलो याेगदान रहेकाे जनाउदै चन्द्रिका पत्रिकाे प्रसङ्ग उठाए साथै पुस्तकालयले चन्द्रिका शतवाषिर्की पत्रिका पनि प्रकाशन गरिसकेको जनाए। शिवकुमार राई जन्म शतवाषिर्की कार्यक्रमको स्मरण गराउँदै तिलक शर्माले भने रिनाेकबाटै शतवाषिर्की कार्यक्रम शुरु गरी एक वर्ष सम्म भारतव्यापी कार्यक्रम गरिएको साथै तत्कालिन मुख्यमन्त्रीलाई रिनाेकमा शिवकुमार राईकाे सालिग निर्माण सहित उनको घरलाई सङ्ग्रहालय बनाइदिने निवेदन गरिएता पनि साे पूर्ण हुन नसकेको कारण यसपल्ट नयाँ सरकारले त्याे कार्य पूरा गर्न सके उत्तम हुने वताउदै यस विषयमा सिक्किम अकादमीले मुख्यमन्त्री सित यस विषय माथि छलफल गरिदिने छन् भनी गाेर्खा जन पुस्तकालय आश्वस्त रहेको मन्तव्य प्रकट गरे। यस्ता कार्यहरु सम्भव भए सिक्किम अनि खरसाङकाे सम्बन्ध प्रगाढ रहने छन् भनी शर्माले भने।

आजको यस भेटघाट कार्यक्रममा पुस्तकालयका सदस्य उदय सुब्बा, विनाेप्रकाश शर्मा, सदस्या आशा मुखिया लामाले पनि व्यक्त राखे। सिक्किम अकादमीका सचिव पूर्ण याेञ्जन प्रशासनिक सचिव पी. एल शर्माले गाेर्खा जन पुस्तकालयमा आएर यहाँका पदाधिकारीगण सहित सदस्यहरुसित भेट गर्न पाएकाेमा हर्ष प्रकट गर्दै गाेर्खा जन पुस्तकालयबाट धेरै कुरा सिक्न आवश्यक रहेको मनाेभाव व्यक्त गरे। यसका साथै यस पुस्तकालयमा प्रवेश गर्न पाउँदा आफूहरुलाई नै सौभाग्यशाली भएकाे भाव व्यक्त गर्दै गाेजपु र सिक्किम अकादमी माझ मित्रता कायम रहीरहाेस् भन्ने कामना गरे।

उनीहरुले भने रिनाेकमा शिवकुमार राईकाे सालिग निर्माण औ उनकाे घरलाई सङ्ग्रहालय निर्माण गर्नु पर्छ भन्ने विषय मुख्यमन्त्री समक्ष राखिने आश्वासन गराउदै भेटघाट कार्यक्रम सफल भएको अवगत गराए। यहीँ अवसर सिक्किम अकादमीबाट प्रकाशित पचास वटा पुस्तक गाेजपुलाई प्रदान गरे भने गाेजपुबाट प्रकाशित पुस्तक र पत्रपत्रिकाहरु सिक्किम अकादमीलाई भेट स्वरुप प्रदान गरियाे। अध्यक्ष पूर्ण गुरुङ ‘निरुपण’ ले भेटघाट कार्यक्रम सफल रहेको औ भविष्यमा पनि यस प्रकारको पहल हुनु आवश्यक रहेको बताउदै धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको घोषणा गरे। कार्यक्रममा पुस्तकालयका सदस्य, सदस्या अधिक रुपमा उपस्थित थिए भनी एक प्रेस विज्ञप्तीमार्फत पुस्तकालयका उपाध्यक्ष ऋषि राईले जानकारी गराएका छन्।










