गान्तोक: राजधानीको पुरानो एसटीएनएम अस्पताल परिसरमा नवनिर्मित वेलनेश पार्कको नामकरण ‘सर थुटोब नामग्याल मेमोरियल वेलनेश पार्क’ गरिएको छ। उक्त पार्कको उद्घाटन हालैमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेको थियो।
सिक्किम सरकारका मुख्य सचिव वीबी पाठकले 22 फरवरीका दिन जारी गरेको एउटा अधिसूचनामा उक्त जानकारी गराइएको छ। अधिसूचना अनुसार, जनसाधारणको निम्ति स्वास्थ्य अनि कल्याण प्रवर्द्धन गर्नका लागि पुरानो एसटीएनएम अस्पताल परिसरमा उद्घाटन गरिएको वेलनेश पार्कको नामकरण ‘सर थुटोब नामग्याल मेमोरियल वेलनेश पार्क’ गरिएको छ।