गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै मंगन जिल्लाका पोलिङ अधिकारीहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको जिल्लास्थित पेन्टोकको प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा डीसीएओ पाल्देन नोर्बु लाचुङपाले प्रशिणार्थीहरूलाई सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए।यस कार्यक्रम अन्तर्गत विशेष गरेर मंगन जिल्लाका पोलिङ अधिकारीहरूलाई आगामी दिनमा सम्पन्न हुने चुनाउलाई लिएर ज्ञान र निर्वाचन प्रक्रियाहरूमा जानकारी गराइयो। यस प्रशिक्षण कार्यक्रममा इभीएम र भीभीपीएटी, ह्यान्डलिङ, सेटअप, र समस्या निवारणको व्यावहारिक पक्षहरूमा केन्द्रित गर्दै, इलेक्ट्रोनिक भोटिङ मशिन र भोटर भेरिफाइबल पेपर अडिट ट्रायलबारे जानकारी दिइयो।