सिक्किम: बुर्तुक निर्वाचन क्षेत्रका ९० परिवार एसकेएम पार्टीमा सामेल

IMG-20240223-WA0167.jpg

चुनाउपछि समावेशी राजनीति बन्द गरिनेः मन्त्री खरेल

गान्तोक: गत ८ जनवरीदेखि शुरू भएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्ठीस्तरीय सांगठनिक सभा आज अप्पर बुर्तुक निर्वाचन क्षेत्रमा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए। आजको यस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सञ्जीत खरेलले पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि पाकिम र सोरेङलाई जिल्ला बनाउँछु भनेर घोषणा गरेका थिए तर फेरि क्राइटेरिया पुगेन भनेर जिल्ला नबनाएको बताए।यदि एसकेएम पार्टीलाई २५ वर्ष दिएको खण्डमा जनता नेताको घरमा होइन्, नेता जनताको घरमा पुग्ने जानकारी गराए। एसकेएम सरकारले ३५ वर्षसम्म सरकार सञ्चालन गर्ने मन्त्री खरेलले गरे दावी। वर्ष २०१९ मा धेरै मानिसहरूले डराएर एसकेएम पार्टीमा मत खसालेनन् किन भने धेरै मानिसहरू तत्कालिन सरकारसमक्ष आश्रित थिए। अब एसकेएम पार्टी पून सरकारमा आएको खण्डमा समावेशी राजनीति बन्द गर्ने पनि उनले जानकारी गराए। एसकेएम सरकारले वेरोजगार युवाहरूलाई वाहन प्रदान गर्दा एसडीएफ पार्टीका नेता रिसाउने गर्दछ, तर पूर्व सरकारले केवल टच लाइट मात्र वितरण गरेको दावी गरे।यस पालीको चुनाउमा जसले जनताको हितमा काम गरेके छ, उसले टिकट पाउने सम्भावना व्यक्त गरे। जुन प्रकारले अहिले मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकार चलाउँदैछ,अब अर्को नेतालाई सरकार चलाउनु कठीन रहेको बताए। यसरी दिनभरि जनताको हितमा काम गर्ने नेता फेरि पाउन सक्दैन्। आफूले टिकट पाउँदा पनि नपाउँदा पनि पीएस गोलेको भक्त रहेको र कुनै अवस्था पनि नछोडने बचन दिए।

यसै प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बुर्तुक निर्वाचन क्षेत्र एसकेएम पार्टीको निम्ति अति नै महत्वपूर्ण क्षेत्र रहेको बताए। विशेष गरेर वर्ष २०१४ को चुनाउमा यस निर्वाचन क्षेत्रले वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङलाई जिताएर विधायक बनाएकोमा उनले यस निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद दिँदै आभार प्रकट गरे। पूर्व मुख्यमन्त्री पवन चामलिङले वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङलाई विभिन्न निर्वाचन क्षेत्रबाट उठाएर हराउने धेरै प्रयास गरेको खालिङले दावी गरे। पीएस गोलेको राजनीतिक भविष्य़ अन्त गर्ने उद्देश्यले विभिन्न स्थानबाट टिकट दिएको जानकारी गराए। उनको राजनीतिक भविष्य़ अन्त गर्नको निम्ति च्याखुङ निर्वाचन क्षेत्रबाट टिकट नदिएर २००९ मा बुर्तुक निर्वाचन क्षेत्रमा पठाएको किटान गरे। बुर्तुकबाट पीएस गोले हार्छ र हारेपछि उनको भविष्य नै खऱाब बनाउने उद्देश्यले चामलिङले विभिन्न प्रकारको उपाय अप्नाएको अवगत गराए। बुर्तुक निर्वाचन क्षेत्रबाट टिकट दिएपछि उनलाई बदनाम गराउने उद्देश्यले कीर्ते पर्चा वितरण गरेर हराउने भरपुर प्रयास गरेको दावी गरे।तर चामलिङको षडयन्त्र २००९ मा पनि विफल भएको किटान गरे। वर्ष २०१४ मा नै एसकेएम पार्टीले सरकार गठन गर्ने थियो, तर त्यसबेला एसकेएम पार्टीका कार्यकर्ताहरूको अनुभव कम भएको र चामलिङले एनके गुरूङको हत्या गराएर लाशमाथि राजनीति गरेपछि एसकेएम पार्टी पराजित भएको बताए। यस निर्वाचन क्षेत्रले एसकेएम पार्टीलाई ठूलो योगदान दिएको जानकारी गराए। एसडीएफले २५ वर्षसम्म गर्न नसकेको काम एसकेएम पार्टीले पाँच वर्षमा अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गरिने कानून बनाएको अवगत गराए। जस्तो बचन त्यस्तै काम गर्ने नेता केवल पीएस गोले मात्र रहेको खालिङले किटान गरे। अस्थायी कर्मचारीहरूको अभिभावक पीएस गोले रहेकोले सबैले विश्वास राख्नु पर्ने आग्रह गरे।

यसै क्रममा एसकेएम पार्टी युवा प्रकोष्ठक प्रमुख संयोजक सहदेव शर्माले विपक्षी पार्टीका नेताहरूले एसकेएम पार्टीका अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तामाङबाट केही सिक्नु पर्ने आग्रह गरे। एसडीएफको २५ वर्षे शासनकालमा युवाहरूलाई केवल ढुङ्गा मुढा हान्न मात्र सिकाएको दावी गरे। सोही प्रकारले एसकेएम नारीशक्तिकी अध्यक्ष कला राईले एसडीएफको कार्यकालमा नारीहरू असुरक्षित रहेको र सबै नारीहरूको इञ्जतसँग खेलवाड गरिएको बताइन्। विशेष गरेर उक्त पार्टीका महिला विधायकहरू समेतलाई कीर्ते पर्चा बाँडेर उनीहरूको बेञ्जत गरिएको दावी गरिन्। तर एसकेएम पार्टी सरकारमा आएपछि कीर्ते पर्चा वितरण प्रकरण बन्द गरिएको किटान गरिन्। अहिलेसम्म कुनै पनि नारीहरू विरूद्ध कीर्ते पर्चा वितरण गरेर चरित्र हनन नगरिएको उनले जानकारी गराइन्। यस अवसरमा सांगठनिक उपाध्यक्ष एवम पार्टी प्रभारी मानवले पनि सम्बोधन गरेका थिए। आजको यस कार्यक्रममा विभिन्न पार्टी त्याग गर्दै बुर्तुक निर्वाचन क्षेत्रका ९० परिवार एसकेएम पार्टीमा सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement