केपी ओली कप शुरु, विजेतालाई ११ लाख नगद

Photo-5-1-1

काठमाडौं: केपी ओली कप फूटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु भएको छ। उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ। उद्घाटन समारोहमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि खेलको सुरुवात गरेको बताएका छन्। उनले भने, ‘नेपालको खेलकुद जगतको सम्पूर्ण विकासको लागि र खेलाडीहरुको पलायनको अन्त्यको लागि खेलको शुरुवात गरेका छौं। सकारात्मक सोचको विकास र राजनीतिलाई हेर्ने नजर परिवर्तन गर्नको लागि पनि यो खेल अगाडि बढाइरहेका छौं।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्यूरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्रसहित सात टिम र दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजकगरी कुल १० टिमबिच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल २ मार्च (फागुन १९ गते)मा  हुनेछ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले पाँच लाख रुपियाँको पुरस्कार प्राप्त गर्नेछ। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। उदघाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारीलगायत उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement