मन्त्री पार्थ चटर्जीलाई फेरि सीबीआईले बोलाए

376035-capture.jpg

कोलकात्ता। तत्कालीन शिक्षा मन्त्री पार्थ चटर्जीलाई केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को टीमले फेरि एकपल्ट सोधखोजको निम्ति बोलाएको छ। तिनलाई एसएससी (पश्चिम बंगालमा स्कूल सेवा आयोग) को माध्यमले शिक्षकहरूको नियुक्तिमा भएको धांधली मामिलामा सोधखोजको निम्ति डाकिएको छ। तिनलाई आज नोटिस पठाइएको छ र आगामी साता आउनलाई भनिएको छ। यसअघि बुधवार सीबीआईले तिनीसित साढ़े तीन घण्टासम्म सोधखोज गरेको थियो।
वस्तुतः २०१८ मा शिक्षकहरूको नियुक्ति भएको थियो तब पार्थ चटर्जी नै शिक्षा मन्त्री थिए। तब यस्ता १००२ जनाको नियुक्ति भयो, जसले या त परीक्षा नै दिएनन् या फेरि पास भएनन्। यही मामिलामा उनीसित केरकार भईरहेछ। सीबीआई गिरफ्तारीदेखि जोगिनका लागि उनले खण्डपीठमा याचिका लगाएका छन्। यसअघि गत बुधवार न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले सख्त निर्देश दिँदै साझँ ६ बजीसम्म यदि पार्थ सीबीआई अफिस नपुगे सीबीआईले तिनलाई हिरासतमा लिनेछ भनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement