खरसाङ: भागोप्रमो पार्टी संस्थापक अध्यक्ष अनित थापाको निर्देश बमोजिम मिशन जागरण सभा आज खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टी अन्तर्गत तराईको चौतिस बुथ नम्बर २२६ मा मिशन जागरण साथै शाखा गठन गर्न हेतु एक जरुरी सभा दिपक लामाको सभापतित्वमा सम्पन्न भयो। लङ्भ्युको संयोजक साथै समिति सदस्य मौसम लामाले सञ्चालन गरेको मिशन जागरण सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति साथै सन्त मेरिज -३ ग्राम पञ्चायत प्रधान मनिराज डुम्जन, भागोप्रमो केन्द्रीय समिति सदस्य साथै सन्त मेरिज-३ उप-प्रधान सन्तोष तामाङ, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु आदिले सम्बोधन गरेका थिए।
समष्टि कार्यकारी सभासद कल्पना प्रधानले जीटीए क्षेत्रभरि नै मिशन जागरण कार्यक्रम भइरहेको जनाइन्। उनले आफ्नो सम्बोधनमा मिशन जागरणको अर्थ बीजेपी सरकारले १५ वर्षसम्म गोर्खा जातिप्रति गरेको घातको कथा जमीनी तौरमा जनतासम्म जागरण फिजाउनु हो भनी जनाइन्। उनले जब जब लंगभ्यु क्षेत्रलाई आपद आउँछ अनित थापा नै अघि आएर सहयोग गर्ने गर्छन् तर अरू ठूलो ठूलो कुरा गर्ने नेता कानमा तेल हालेर बस्ने गरेको जनाइन्। तराई चौतिसमा आउने सप्ताहभित्रमा गाउँभित्र पस्ने बाटोको निर्माण कार्य पनि चाँडै शुरू हुने पनि जनाइन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोष तामाङले सभालाई यसपाली बीजेपीले गोर्खा जातिलाई १५ वर्ष लट्टाएर राखेको फल जनताले दिने जनाए। बीजेपी पार्टी केन्द्रमा सुनको कल भए पनि गोर्खा र आदिवासी जातिको निम्ति धमिलो पानी दिने कल भनी जनाए। जीटीए प्रमुख कार्यपाल अनित थापा जहिले पनि जनतालाई दु:ख पर्दा खडा हुने नेता हो तर बीजेपीको कुनै नेता जनतालाई दु:ख पर्दा कहिले नउँभिएको उनले जनाए। यसपालीको लोक सभा चुनावमा जीटीए प्रमुख अनित थापाको हातमा एउटा एमपी दिने जिम्मेवारी संगठनमाथि आएको उनले जनाए। समष्टि सभापति साथै सन्त मेरिज -३ का पञ्चायत प्रधान मनिराज डुम्जनले सभालाई सम्बोधन गर्दै लङ्भ्यु चियाबारीको अवस्था शोचनीय रहँदा एमपीको भ्रमण रहेको थियो र भ्रमण अवधिमा लङ्भ्यु क्षेत्रको निम्ति केही लिएर आउँछ भनी जनताले आशा साँचेका थिए तर उनले ट्याङ्की नबिनिएको कलमा पानी आएन भन्दै गाली गरेको जनाए। गत पञ्चायत चुनावमा पार्टी केवल एक भोटले हार भएता पनि आउने लोक सभा चुनावमा एक जूट भई पार्टीलाई जिताउने अनुरोध गरे। सभालाई सम्बोधन गर्दै खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामुले विगत २०१९ मा महाकाल बाबाको कसम खाने नेताले पीपीस भइहाल्छ भन्दै केवल गोर्खा जातिलाई धोका मात्र दिए। सयदिने रोजगारको गरीब दु:खीको पैसा मेलै रोकेको हूँ भन्ने पार्टीलाई आँखामा पट्टी बाँधेर भोट हाल्न नहुने उहाँले जनाए।

आज सम्पन्न सभामा शाखाको सभापति दिनेश डुम्जन, सचिव विकास भुसाल, उप-सभापति अमित कुजुर, सह-सचिव दाउद कुजुर,कोषाध्यक्ष कुसुम गोले अनि दिपक लामालाई प्रमुख सल्लाहकारको पदमा चयन गरियो भनी भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टिको मिडिया प्रभारी जिनोद परियारले जानकारी दिएका छन्।