नमस्ते पोयट आईडल (नमस्ते कविश्री) प्रतियोगिता आयोजना गरिने

IMG-20240223-WA0152.jpg

खरसाङ: खरसाङको एक च्यानल नमस्ते खरसाङको आयोजनामा यसपाली नमस्ते पोयट आईडल अर्थात् नमस्ते कविश्री प्रतियोगिता आयोजना गरिने भएको छ। यस विषयमा नमस्ते खरसाङ च्यानलमा एक सल्लाहकार समिति गठन गरिएको छ। उक्त सल्लाहकार समितिको मुख्य संयोजक नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङ रहेका छन् भने सल्लहाकार समितिमा प्रकाश प्रधान, दिपक ठटाल ‘जलन’, उमेश कार्कीढोली, विनोद रसाईली, सुवास छेत्री ‘भावुक’, सञ्जीव छेत्री र हनोक थापा आदि पनि रहेका छन्। उक्त नमस्ते पोइट आईडल (नमस्ते कविश्री) विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले विस्तृत रूपमा बताउँदै नमस्ते खरसाङको आयोजनामा नृत्य प्रतियोगिता र नमस्ते आईडल गायन प्रतियोगिता साथै संगीतकार, गायक, गीतकार र कलाकारहरूलाई सम्मान जनाउने कार्यक्रम गरेपछि यसपाली साहित्य क्षेत्रमा नमस्ते पोयट आईडल अर्थात् नमस्ते कविश्री प्रतियोगिता आयोजना गरिरहेको बताएका छन्। उनले यस प्रतियोगितामा ३५ वर्षसम्मकाहरूलाई लिएर अायोजना गरिने र यसको लागि प्रतियोगितामा सहभागी हुन चाहानेहरूले कविता लिखित साथै अडियो रेकर्ड गरेर पठाउनु पर्ने जानकारी गराएका छन्। उनले यस प्रतियोगितामा भाग लिनलाई प्रत्येकले ५०० रुपियाँ पञ्जीकरणको लागि शुल्क बुझाउनु पर्ने बताएका छन्।
सल्लाहकार समितिको सभामा पारित प्रस्ताव अनुसार नमस्ते पोयट आईडल अर्थात् नमस्ते कविश्री प्रतियोगितामा ३५ वर्षसम्मका युवावर्गले भाग लिन सक्नेछन्। कविता वाचनको अवधि अधिकतम पाँच मिनटको हुनेछ। कविताको लिखित रूप अनि रेकर्डिङ्ग गरिएको स्वर आगामी १० मार्चसम्ममा व्हाट्स एप्स नम्बरमा पठाउन पर्नेछ। छनौट चरण (अडिशन राउण्ड) १६ अनि १७ मार्चमा सम्पन्न हुनेछ। प्रतियोगिता अन्तर्गत प्राप्त कवितामा व्यक्तिगत/प्रत्यक्ष राजनैतिक अनि धार्मिक आक्षेप स्वीकार्य हुने छैन। त्यसरी नै यो प्रतियोगिता खुल्ला प्रतियोगिता भएको कारण कुनै पनि स्थान/क्षेत्रका प्रतियोगीले भाग लिन सक्नेछन् भने प्रतियोगीले आफ्नो आवागमन अनि वास बस्ने व्यवस्था स्वयं गर्नु पर्नेछ। प्रत्येक प्रतियोगीले ५०० रुपियाँ प्रवेश शुल्कको रूपमा बुझाउन पर्नेछ। मुखस्थ रूपमा प्रस्तुत गरिएको कवितालाई प्राथमिकता दिइनेछ अनि प्रतियोगितामा प्रथम, द्वितीय अनि तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद राशिसहित आकर्षक पुरस्कारद्वारा सम्मानित गरिने भएको छ। प्रतियोगीहरूले आफ्नो कविता ९४३४३०८६२३
नम्बरमा वाट्सएप्स गर्नु पर्ने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *