काेलकाता: लोकसभा चुनाउपूर्व देशका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी एक मार्चको दिन आरामबाग आइरहेका छन्। भाजपा सूत्र अनुसार मोदी लोकसभा चुनाउको प्रचारको सिलसिलामा आरामबाग आइरहेका छन्।
उल्लेखनीय छ, यसपालिको लोकसभा चुनाउमा भाजपाले बंगालमा ३५ वटा सीटको लक्ष्य राखेको छ। हुगली जिल्लाको आरामबाग सीटमा भाजपाको विशेष दृष्टि छ, किनभने गत लोकसभा चुनाउमा भाजपा थोरै अन्तरले मात्र यस सीटमा परास्त भएको थियो। यद्यपि विधानसभा चुनाउमा भाजपाले यहाँ उत्कृष्ट प्रदर्शन गर्दै आरामबागका चारवटा विधानसभा सीटमा विजय हासिल गऱ्यो। मतदानको मिति घोषणा हुनपूर्व प्रधानमन्त्री नरेन्द्र मोदीको आरामबाग यात्रालाई विशेष मानिँदैछ।
भाजपाका आरामबाग सांगठनिक जिल्लाध्यक्ष औ पुरसुराका विधायक बिमान घोषले बताए, मोदीजी आगामी एक मार्चमा सार्वजनिक सभामा सामेल हुनका लागि आरामबाग आइरहेका छन्। यसको लागि भाजपा विधायकले मैदान हेरिरहेका छन्। कालीपुर मैदान, गरबारी मैदान वा आरामबागमध्ये कुनै एउटा खाली मैदानमा प्रधानमन्त्रीले जनसभालाई सम्बोधन गर्नेछन्।










