भागोप्रमोद्वारा चौथो दिन पनि खण्ड विकास कार्यालय अघि धरणा प्रदर्शन

IMG-20240223-WA0150.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ खण्ड विकास कार्यालयमा चौथो दिन पनि विरोध प्रदर्शन जारी रहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्षको निर्देशनमा मिशन जागरण कार्यक्रमलाई पालन गर्दै केन्द्रको बीजेपी सरकारले गोर्खाप्रति अवहेलित नीतिको कारण प्रतिवाद दिवस दोस्रो चरणको चौथो दिन खरसाङ खण्ड विकास कार्यालयमा केन्द्रीय अध्यक्षा नारी शक्ति अनु प्रधान, केन्द्रीय सदस्य जैतुन निसा, महकुमा उप सभापति शंकर राउत, टाउन कमिटी कार्यवाहक अध्यक्ष सन्दीप बल,कार्यवाहक सचिव बिरबल पाख्रिनको विशेष उपस्थितिमा जुलुस धरना प्रदर्शन अभियान सम्पन्न गरियो। उक्त कार्यक्रममा खण्ड विकास अधिकारीलाई पार्टीको प्रतिनिधिहरूले संसदको सबै अधिवेशन समाप्त भएतापनि अझै पनि बीजेपी सरकार केन्द्रमा भंग नभएकोले हाम्रो गोर्खाको ११ जनजातिको मुद्दालाई छिनोफानो गरियोस् भन्ने हेतुले उनकोे उचित माध्यमद्वारा जानकारी केन्द्र सरकारलाई पठाईदिने आग्रह गरिएको छ। आजको धरना प्रर्दशनलाई टाउन कमिटिको सन्तोष पहरीले नाराबाजी गरेका थिए। आजको धरणा कार्यक्रममा टाउन कमिटिको उपाध्यक्ष, पुष्प प्रधान, सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान कार्यकारिणी सदस्यहरू पार्टीको वरिष्ठ नेतृत्वगण, वार्डका नारी, युवा शक्तिका सदस्यवर्ग, पञ्चायतका निर्वाचित सदस्यहरू र धेरै मात्रामा सदस्यगण उपस्थित थिए। धरणा कार्यक्रममा केन्द्रीय नारी सदस्य जैतुन निशा खातुन, महकुमा उपाध्यक्ष शंकर राउत अनि टाउन कमिटी कार्यवहाक सचिव बिरबल पाख्रिन आदिले वक्तव्य दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement