आर अश्विनको अनौठो कीर्तिमान

IMG-20240223-WA0143.jpg

राँची: भारतीय क्रिकेट टीमका दिग्गज अफ् स्पिनर रविचन्द्रन अश्विनले ईंग्ल्याण्ड विरुद्ध राँचीमा जारी चौथो टेस्ट म्याचको पहिलो दिन विकेट हासिल गर्नको साथै एउटा अनौठो कीर्तिमान बनाए। उनी टेस्ट क्रिकेटको इतिहासमा कुनै एउटा टीम विरुद्ध एक हजार रन बनाउनको साथै १०० विकेट लिने पहिलो भारतीय खेलाड़ी बनेका छन्। अश्विनले ईंग्ल्याण्ड विरुद्ध एक हजारभन्दा अधिक रन बनाइसकेका छन् जबकि आज जनी बेयरस्टोको रूपमा यस टीम विरुद्ध आफ्नो १००औं विकेट पनि हासिल गरे। यस उपलब्धिलाई हासिल गर्ने उनी पहिलो भारतीय हुन्। यतिमात्र नभएर उनी यस उपलब्धिलाई हासिल गर्ने दोस्रो सबैभन्दा तेज खेलाड़ी पनि बनेका छन्। अश्विनले २३ वटा म्याचमा ईंग्ल्याण्ड विरुद्ध एक हजार रन र १०० विकेट पूरा गरेका छन्। यसरी ईंग्ल्याण्डका इयान बोथमले २२ वटा टेस्ट म्याचमा यस्तो गरेका थिए। यस विशेष सूचीमा सामेल हुने अश्विन विश्वका सातौं खेलाड़ी हुन्। यसरी ईंग्ल्याण्ड विरुद्ध सर्वाधिक रन बनाउने र विकेट हासिल गर्ने अलराउण्डरहरूका सूचीमा अश्विन चौथो स्थानमा रहेका छन्। अश्विनले यस टीम विरुद्ध १०८५ रन बनाउनको साथै १०० विकेट लिएका छन्। वेष्ट इण्डिजका महान अलराउण्डर सर ग्यारी सोबर्स १०२ विकेट र ३२१४ रनको साथ यस सूचीको शीर्षमा छन्। उल्लेखनीय छ, अश्विनले हालै टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पनि पूरा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement