सन्त रविदास जन्मस्थान छेउछाउमा विकास कार्यहरूको उद्घाटन साथै शिलान्यास सम्पन्न किया
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसीमा सन्त गुरु रविदासको ६४७औं जन्मजयन्तीको अवसरमा सम्बोधन गरे। प्रधानमन्त्रीले बनारस हिन्दू विश्वविद्यालय नजिकै सीर गोवर्धनपुरस्थित सन्त गुरु रविदास जन्मस्थली मन्दिरमा रविदास पार्क नजिकै स्थापना गरिएको सन्त रविदासको प्रतिमा अनावरण गरे। उनले सन्त रविदास जन्मस्थल वरिपरि करिब ३२ करोड रुपियाँको विभिन्न विकास निर्माण कार्यको उद्घाटन गर्नुका साथै करिब ६२ करोड रुपियाँ लागतमा सन्त रविदास संग्रहालय र पार्कको सौन्दर्यीकरणको शिलान्यास पनि गरे। सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन्त रविदासको ६४७औँ जन्मजयन्तीका अवसरमा सबैलाई जन्मस्थलमा स्वागत जनाए। देशभरका भक्तजनहरुको सहभागितालाई ध्यानमा राख्दै प्रधानमन्त्रीले विशेषगरी पञ्जाबबाट काशी आउने मानिसको मनोभावको प्रशंसा गर्दै काशी मिनी पंजाबजस्तै देखिन थालेको बताए। प्रधानमन्त्रीले सन्त रविदासको जन्मस्थलमा पुन: गएर उनको आदर्श र संकल्पलाई अगाडि बढाएकोमा कृतज्ञता प्रकट गरे।

काशीको प्रतिनिधिका रुपमा सन्त रविदासजीका अनुयायीहरुको सेवा गर्ने अवसर पाएकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे। प्रधानमन्त्रीले सन्त रविदास जीको जन्मस्थलको स्तरोन्नति गर्ने योजनामा मन्दिर क्षेत्रको विकास, पहुँच सडक निर्माण, पूजा, प्रसादको व्यवस्थालगायतका योजना रहेको उल्लेख गरे। प्रधानमन्त्री मोदीले सन्त रविदासको नयाँ प्रतिमा र सन्त रविदास संग्राहलयको शिलान्यास गर्ने विषयमा चर्चा गरे। प्रधानमन्त्रीले भने, ‘आज महान सन्त तथा समाज सुधारक गाडगे बाबाको पनि जन्मजयन्ती होl’ उनले वन्चितहरू र गरिबहरूको उत्थानमा गाडगे बाबाको योगदानबारे प्रकाश पारे। प्रधानमन्त्रीले मोदीले भने, ‘बाबा साहेब अम्बेडकर गाडगे बाबाको कामको ठूला प्रशंसक थिए अनि गाडगे बाबा पनि बाबा साहेबबाट प्रभावित थिए। प्रधानमन्त्रीले गाडगे बाबाको जन्मजयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्रीले सन्त रविदासको उपदेशले आफूलाई सधैं डोऱ्याएको बताए। उनले सन्त रविदासको आदर्श अनुरुप सेवा गर्ने अवसर पाएकोमा आफू कृतज्ञ रहेको बताए। उनले हालै मध्य प्रदेशमा सन्त रविदास स्मारकको शिलान्यास भएको उल्लेख गरे। भक्ति आन्दोलनमा सन्त रविदासको भूमिकालाई उजागर गर्दै प्रधानमन्त्रीले भने, ‘भारतको इतिहास हो, सन्त, ऋषि वा महान् व्यक्तित्वको रूपमा उद्धारकर्ता आवश्यक पर्दा अगाडि आउँछन्l’ प्रधानमन्त्रीले सन्त रविदासले विभाजित र टुक्रिएको भारतलाई पुन: उर्जा दिएकोमा जोड दिए। उनले सन्त रविदासले समाजमा स्वतन्त्रताको सार्थकता दिनुका साथै सामाजिक विभेदलाई पनि कम गरेको बताए। प्रधानमन्त्रीले छुवाछुत, वर्गवाद र भेदभावविरुद्ध आवाज उठाए। उनले भने, ‘सन्त रविदासलाई धर्म र धर्मको सिद्धान्तमा मात्र सीमित राख्न सकिँदैन। सन्त रविदासजी सबैका हुन् र सबै रविदासजीका हुन्l’ प्रधानमन्त्री मोदीले जगतगुरु रामानन्दको शिष्य भएकाले वैष्णव समुदायलाई पनि सन्त रविदासलाई आफ्नो गुरु मान्ने गरेको र सिख समुदायले उनलाई धेरै सम्मानका साथ हेर्ने गरेको बताए। प्रधानमन्त्री मोदीले गंगामा विश्वास गर्ने र वाराणसीसँग सम्बन्धित मानिसहरूले सन्त रविदासजीबाट प्रेरणा लिन्छन् भनी जोड दिए। ‘सबका साथ, सबका विकास’को मन्त्रलाई अवलम्बन गर्दै वर्तमान सरकारले सन्त रविदासको शिक्षा र आदर्शलाई अगाडि बढाएकोमा उनले खुशी प्रकट व्यक्त।
सन्त रविदासको समानता र ऐक्यबद्धताको शिक्षाको व्याख्या गर्दै प्रधानमन्त्रीले विपन्न र पछाडिएका समुदायलाई प्राथमिकता दिएर समानता आउने बताए। उनले विकास यात्रामा पछाडी परेकाहरूलाई सरकारी पहलको फाइदा पुर्याउने सरकारको प्रयासलाई जोड दि । ‘विश्वको सबैभन्दा ठूलो कल्याणकारी योजनाहरू’लाई उल्लेख गर्दै, प्रधानमन्त्रीले ८० करोड भारतीयहरूलाई उपलब्ध गराएको निःशुल्क राशनको उल्लेख गरे। उनलेले भने, ‘विश्वको कुनै पनि देशमा यति ठूलो परिमाणमा यस्तो योजना छैनl’ उनले भने, ‘दलित, पछाछडिएका वर्ग र अनुसूचित जाति/अनुसूचित जनजाति/ओबीसी महिलाहरू स्वच्छ भारत मिशनअन्तर्गत शौचालय निर्माणबाट सबैभन्दा बढी लाभान्वित हुनेछन्। त्यस्तै जल जीवन मिशनले पाँच वर्षभन्दा कम अवधिमा ११ करोडभन्दा बढी घरपरिवारलाई धाराको पानी उपलब्ध गराएको छ। त्यसैगरी आयुष्मान कार्डका कारण गरिब जनताको ठूलो वर्गले सुरक्षाको अनुभूति गरिरहेको छl’ उनले जनधन खाताहरू मार्फत ठूलो मात्रामा वित्तीय समावेशीकरणको बारेमा पनि चर्चा गरे। प्रत्यक्ष लाभ हस्तान्तरणले ठूलो फाइदा दिएको बताउँदै भने, ‘ती मध्ये एक किसान सम्मान निधि अन्तरन हो, जसले धेरै दलित किसानहरूलाई फाइदा पुर्याइरहेको छl’ बाली बीमा योजनाले पनि यस वर्गलाई सहयोग गरिरहेको उनले बताए। प्रधानमन्त्री मोदीले भने, ‘२०१४ यता छात्रवृत्ति प्राप्त गर्ने दलित युवाहरूको संख्या दोब्बर भएको छ, र दलित परिवारहरूलाई प्रधानमन्त्री आवास योजनाअन्तर्गत करोडौं रुपियाँको सहायता प्राप्त भएको छl’
प्रधानमन्त्री मोदीले दलित, विपन्न र गरिबको उत्थानप्रति सरकारको नियत स्पष्ट रहेको र आज विश्वमा भारतको प्रगतिको कारण यही भएको बताए। हरेक युगमा सन्तको वचनले मार्ग प्रशस्त गर्ने मात्र नभएर सचेत गराएको उनले बताए। सन्त रविदासको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अधिकांश जनता जातीय विभेदमा फसेकाले जातियताको रोगले मानवतालाई हानि पुर्याउने बताए। जातको नाममा कसैले कसैलाई उक्साए मानवतामा पनि हानि पुर्याउने उनले बताए। दलितको हितमा विरोध गर्ने शक्तिलाई प्रधानमन्त्रीले चेतावनी दिए। यस्ता व्यक्तिले जातीय राजनीतिको आडमा वंशवाद र परिवारवादको राजनीति गर्ने उनको भनाइ छ। उनले वंशवादले यस्ता शक्तिलाई दलित र जनजातिको उत्थानको कदर गर्नबाट रोकेको बताए। प्रधानमन्त्रीले भने, ‘जातिवादको नकारात्मक मानसिकताबाट जोगिनुपर्छ, र सन्त रविदासजीको सकारात्मक शिक्षालाई पालना गर्नुपर्छl’
सन्त रविदासको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘कोही सय वर्ष बाँचे पनि जीवनभर काम गर्नुपर्छ, किनभने काम धर्म हो र काम निस्वार्थ भएर गर्नुपर्छl’ उनले सन्त रविदासको यो शिक्षा आज सिङ्गो देशका लागि भएको बताए। विकसित भारत निर्माणको बलियो जग बसालिएको भारत स्वतन्त्रताको अमृतबाट गुज्रिरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आउँदो पाँच वर्षभित्र विकसित भारतको जग बलियो बनाउनुपर्नेबारेमा जोड दिए। १४० करोड देशवासीको सहभागितामा मात्र गरिब र विपन्नको सेवा गर्ने अभियानको दायरा विस्तार गर्न सकिने उनले जोड दिए। आफ्नो वक्तव्यको समापन गर्दै प्रधानमन्त्रीले सन्त रविदासको कृपाले नागरिकको सपना साकार हुने विश्वास व्यक्त गर्दै भने, ‘हामीले देशको बारेमा सोच्नुपर्छ। विभाजनकारी विचारबाट टाढिएर देशको एकतालाई सुदृढ बनाउनुपर्छl’ यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सन्त गुरु रविदास जन्मस्थल मन्दिर ट्रस्टका अध्यक्ष सन्त निरञ्जन दासलगायत अन्य उपस्थित थिए। -पीआईबी









