सिलगढी: रगतको समस्या दूर गर्नको लागि दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद तथा सिलगढी टाउन तृणमूल छात्र परिषदको पहलमा एवम् लायन्स क्लब अफ सिलगढीको सहयोगमा सिलगढी कलेजको गेटअघि आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा कलेजका विद्यार्थी तथा स्थानीय मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा १०४ युनिट रगत संग्रह गरियो भने उक्त रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइएको छ। उक्त शिविरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, १७ नम्बर वार्ड काउन्सिलर मिली शील सिन्हा, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष लगायत अन्य उपस्थित थिए।










