१३ मार्च पछि लोकसभा चुनावको मिति घोषणा हुने सम्भावना

EVM-1-2

नयाँ दिल्ली: लोकसभा चुनावको मिति घोषणाबारे अहिलेघरि सबैको लागि कौतुहलको विषय बनेको छl  स्रोतलाई उद्धृत गर्दै प्राप्त समाचारअनुसार निर्वाचन आयोगले १३ मार्च पछि कुनै पनि दिन लोकसभा चुनावको मिति घोषणा गर्न सक्नेछ।सब २०२४  को  लोकसभा चुनाव सात आठ चरणहरूमा हुनसक्ने सम्भवन रहेको छ। निर्वाचन आयोगले १३ मार्चपछि लोकसभा चुनावको मिति घोषणा गर्न सक्ने समाचार छl निर्वाचनको तयारीको अवलोकन गर्न आयोगले विभिन्न राज्यको भ्रमण गरिरहेको छ भने यो सम्पन्न भएपछि मिति घोषणा गरिने निर्वाचन आयोग स्रोतले जनाएको संचारमाध्यमको समाचारमा उल्लेख छ। केन्द्रीय निर्वाचन निकायका अधिकारीहरू हाल तमिलनाडुको भ्रमणमा छन्, त्यसपछि उत्तर प्रदेश र जम्मु-कश्मीरको भ्रमण गरिनेछ। राज्य भ्रमण १३ मार्चभित्र सम्पन्न गर्ने कार्यक्रम रहेको छ। आयोगले तयारीको मूल्यांकन गर्न विगत केही महिनादेखि सबै राज्यका मुख्य निर्वाचन अधिकृत (सीईओ)सँग नियमित बैठक गर्दै आएको छ। अधिकारीहरूले सीईओले समस्या क्षेत्रहरू, इभीएमहरूको आवागमन, सुरक्षा बलहरूको आवश्यकता, सीमामा कडा निगरानीको सूची दिएका छन्। उल्लेखनीय छ, निर्वाचन आयोगले यस वर्षको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्ने योजना बनाएको अधिकारीहरूले बताएका छन्। संचारमाध्यमका समाचारअनुसार, रिपोर्टअनुसार निर्वाचन आयोगले मई महिनाअघि हुने लोकसभा चुनाव स्वतन्त्र र निष्पक्ष संचालनका लागि आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी प्रयोग गर्नसक्छ। यसले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा रहेको गलत सूचनालाई झण्डा लगाउन र हटाउनको लागि ईसीआई भित्र आर्टिफिसियल इन्टेलिजेन्सको लागि विभाग पनि बनाउन सक्नेछ। संचारमाध्यमको समाचारअनुसार,   निर्वाचनका क्रममा सामाजिक संजालमा रहेका झूटा तथा भड्काउ सामग्री हटाउने कार्यलाई तीव्रता दिइने र कुनै पनि दल वा उम्मेदवारले नियम उल्लंघन गरिरहेमा सामाजिक संजालका एकाउन्ट ब्लक गर्ने जस्ता कडा कारबाही गर्न आयोग तयार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement