कछार: बिहीबार कछार जिल्लामा २७.३० लाख रुपियाँको ३९ ग्राम ब्राउनशुगर बरामद र एक लागूऔषध तस्करलाई पक्राउ गरेको छ। आईजीएआर (पूर्व)का पीआरओ अनुसार, विश्वसनीय सूचनाको आधारमा जिल्लाको कलैन पुलिस चौकी अन्तर्गतको कलैन क्षेत्रमा असम राइफल्स र काछार जिल्ला पुलिसद्वारा संयुक्त अभियान गरिएको थियो। उक्त अभियानमा टोलीले २७ लाख ३० हजार मूल्यको ३९ ग्राम ब्राउन सुगर बरामद गरी एक ऑटो र आइफोनसहित लागुऔषध तस्करलाई पक्राउ गरे। बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई कानुनी कारबाहीका लागि जिल्लाकाे कलैन पुलिस स्टेशनलाई बुझाएको छ, आईजीएआर (पूर्व)का पीआरओले भने। एस अघि, एक अर्को अभियानमा, आसाम राइफल्सले फेब्रुअरी २१ मा जिल्लाको जिरिघाट पीएस अन्तर्गत जनरल एरिया हाओकिप पुन्जीबाट २.९४ करोड रुपैयाँको ४२०.५७ ग्राम हेरोइन सहित एक लागूऔषध तस्करलाई पक्राउ गरेका थिए।











