कोलकाता: उत्तर हावडामा आज शीतला माताको ऐतिहासिक स्नानयात्रा पर्व पालन गरिन्छ। माघे पूर्णिमापछि मौसममा आएको परिवर्तनले जन्डिस, ज्वरो आउनेलगायतका सरुवा रोगहरूको प्रभाव देखिन थालेको जनविश्वास छ। यसले गर्दा यसको उपचारको साथसाथै मानिसहरूले श्री श्री शीतला माताको पूजा गरेर आशीर्वाद ग्रहण गर्छन्l यसो गर्दा यस्ता मौसमी रोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। दोस्रो कारण गर्मीको मौसम शुरु हुनुअघि आमाहरूलाई नुहाएर चिसो रहन र वातावरण चिसो राख्न अनुरोध गरिन्छ। सन् १५३९ देखि यो स्नानयात्रा आयोजना गरिएको समाचारमा बताइएको छ। मन्दिर स्रोतका अनुसार यस पटक पूर्णिमा २३ फरवरी दिउँसो साढे तीन बजे शुरु हुने भएको छ। यहाँ ‘बडी माँ’ साल्कियाले अरविन्द रोडमा रहेको आफ्नो मन्दिरबाट पालकीमा चढेर सधैँ निश्चित बाटो हिँडेर बन्दाघाटमा गंगाको किनारमा स्नान गरी आफ्नो मन्दिर फर्कनेछिन्। यस पटक विभिन्न बोर्ड परीक्षालाई ध्यानमा राख्दै पुलिस प्रशासनले परीक्षार्थीहरूको सुविधाका लागि विशेष व्यवस्था गरेको छ भने परीक्षार्थीलाई सुविधाक विशेष सहयोग गर्न भक्तजनलाई अपिल गरिएको छ।









