उत्तर बङ्गालमा ५.५ म्याग्निच्युडको भूकम्पको झट्का

सिलगढी: दार्जीलिङलगायत उत्तर बङ्गालका धेरै जिल्लाहरूमा आज आइतबार बिहान ८ बजे भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्काले सर्वसाधारण एक्कासी झस्किए। आइतबारको दिन भएकाले एक्कासी भूकम्पको धक्का महसुस हुँदा मानिसहरु घरमै आरामसँग सुतेका हुन्छन्। भूकम्पको कम्पन महसुस हुनासाथ मानिसहरु घरबाहिर निस्के। तर, त्यतिबेलासम्म कम्पन कम भइसकेको थियो। भूकम्पको अवधि छोटो थियो। कतैबाट पनि जनधनको क्षति भएको खबर आएको छैन। छिमेकी देश नेपालको खोटाङमा साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आज उताको समयअनुसार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। उक्त भूकम्पले केही घरहरुलाई क्षति पुर्याएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement