सिलगढी: सिलगढीमा ट्राफिक जामको समस्यालाई समाधान गर्न सिलगढी पुलिस कमिश्नरेटले नयाँ पहल गरेको छ। पुलिस कमिश्नरेटले शहरको ट्राफिक समस्यालाई समाधान गर्नको लागि नागरिकहरूको सुझाउहरू स्वीकार गर्नेछ। सिलगढीको महात्मा गाँधी मोडमा आज ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर सी सुधाकरले शहरमा जामको समस्या तथा ट्राफिक समस्या समाधानको लागि नयाँ पहल ग्रहण गरिएको बताए। प्रत्येक महिना ट्राफिक समस्या समाधानको लागि राम्रो सुझाउ दिनेहरूलाई सम्मानित गरिने बताइएको छ। कमिश्नर सी सुधाकरले बताएअनुसार ट्राफिक समस्या समाधानको लागि राम्रो सुझाउ दिनेहरूलाई सम्मानित गरिनेछ। यसबाहेक ६० जना नयाँ कन्स्टेबल ट्राफिकमा तैनाथ गरिने भएको छ। यसको साथै राति ९ बजेपछि सिलगढी शहरको सडकहरूमा सडक दुर्घटनाहरू कम्ती गर्नको लागि विशेष नजर राखिनेछ।










