काेचबिहार: स्पेशल होम गार्डको नियुक्ति चाँडै गरिनुपर्ने मागमा आज केएलओ एवम् केएलओ लिङ्कम्यान कल्याण समितिका सदस्यहरूले काेचबिहार जिल्लाशासक कार्यालयअघि धरना प्रदर्शन गरे। संगठनका सदस्यहरूले आज काेचबिहार सहरमा एउटा रैली निकालेर जिल्लाशासक कार्यालयमा पुगेपछि विरोध प्रदर्शन गर्नको साथै धरनामा बसेका छन्। स्मरण रहोस्, राज्यका मुख्यमन्त्रीले आत्मसमर्पण गरेका केएलओ तथा केएलओ लिङ्कम्यानलाई स्पेशल होम गार्डको रूपमा नियुक्ति दिने घोषणा गरेको थियो। दुईपल्ट स्पेशल होम गार्डको नियुक्ति गरे तापनि रहल १५१ जना केएलओ तथा केएलओ लिङ्कम्यानहरूको नियुक्ति गत ३ वर्षदेखि गरिएको छैन। यसैले १५१ जना केएलओ तथा केएलओ लिङ्कम्यानहरूलाई चाँडै नियुक्ति गरनिपर्ने माग गर्दै आज संगठनका सदस्यहरूले विक्षोभ तथा धरना प्रदर्शन गरेको बताइएको छ।









