महाराष्ट्र: महाराष्ट्रका पूर्व मुख्यमन्त्री मनोहर जोशीको निधन, लोकसभा अध्यक्षद्वारा शोक प्रकट

manohar-joshi_831_677

मुम्बई: महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा पूर्वलोकसभा अध्यक्ष मनोहर जोशीको आज (२३ फरवरी) बिहान यहॉंको पीडी हिन्दुजा अस्पतालमा निधन भएको छ। उनी ८६ वर्ष पुगेका थिए। परिवारले उनीलाई ह्रदयघातका कारण अस्पतालमा भर्ती गरिएको थियो भनी जानकारी गराएको छ। पीडी हिन्दुजा अस्पतालले बिहिबार बयान जारी गरेर जोशी गम्भीर रूपमा बिरामी रहेको बताएको थियो। उनलाई आईसीयुमा राखिएको थियो। शिवसेनाका दिग्गज नेता जोशीलाई गत वर्ष मईमा पनि ब्रेन हेमरेजपछि यसै अस्पतालमा भर्ती गरिएको थियो। जोशी सन् १९९५ देखि १९९९ सम्म राज्यका मुख्यमन्त्री रहेका थिए। उनी अविभाजित शिवसेनाबाट राज्यमा शीर्ष पदमा आसीन हुने पहिलो नेता हुन्। उनी संसद सदस्यको रूपमा पनि चुनिए र सन् २००२ देखि सन् २००४ सम्म लोकसभा अध्यक्ष रहे।

लोकसभा अध्यक्षले गरे शोक प्रकट

लोकसभा अध्यक्ष ओम बिरलाले महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं पूर्व लोकसभा अध्यक्ष मनोहर जोशीको निधनमा शोक व्यक्त गरेका छन्। उनले दिवंगत नेतालाई श्रद्धाञ्जली दिॅंदै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। ओम बिरलाले आज बिहान आफ्नो एक्स ह्यान्डलमा भने, ‘पूर्व लोकसभा अध्यक्ष एवं वरिष्ठ राजनेता मनोहर जोशीको निधनमा शोक व्यक्त गर्दछु। लोकतान्त्रिक मूल्यहरूलाई समृद्ध बनाउॅंदै उनले श्रेष्ठ संसदीय परम्पराहरू स्थापित गरे। सदन सञ्चालन गर्ने विशिष्ट र निष्पक्ष शैलीका कारण उनलाई सबै दलका नेताहरूको सम्मान प्राप्त थियो।’ वरिष्ठ भाजपा नेता एवं लोकसभा अध्यक्ष बिरलाले भने, ‘उनको कार्यपद्धतिको अध्ययनले सदनलाई सुचारू रूपमा संचालन गर्न मलाई मार्गदर्शन प्राप्त भयो। उनको निधन मेरो निम्ति पनि व्यक्तिगत क्षति हो। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरुन्। असीम पीडाको यस समयमा मेरो समवेदना शोकाकुल परिवारसॅंग छ।’ -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement