इम्फाल: मणिपुर पुलिसले राज्यका विभिन्न जिल्ला अधिनस्थ संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा व्यापक छापानारी एवं खोजी अभियान संचालन गरेको छ। यस अभियान अवधि भारतीय न्याय संहिताका अलग अलग धाराहरू उल्लंघन गरेको सन्दर्भमा २३३ जना मानिसहरूलाई पुलिस हिरासतमा लिइएको छ। पुलिसले आज बताएअनुसार, आवश्यक वस्तुलगायत राष्ट्रिय राजमार्ग- ३७ मा ११० वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ भने यी वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवागमन सुनिश्चित गर्नको लागि सबै संवेदनशील स्थानहरूमा सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ। संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूलाई ठूलो संख्यामा तैनाथ गरिएको पुलिसले अझ बताएको छ। राज्यका उपत्याका अनि हिमाली दुवै जिल्लाहरूमा १४१ नाका तथा जाँच चौकी स्थापना गरिएको छ। -हिस










