इम्फाल: मणिपुरको काकचिङ जिल्लाको दक्षिणी उपत्यका क्षेत्रको मैतेई समुदायको अन्तिम गाउँहरू मध्ये एक सुगनु, विगत सात दिनदेखि संदिग्ध आतंकवादीहरूको बम र गोलीबाट अस्तव्यस्त भएको छl हमलामा एक बीएसएफ जवान घाइते भएको आधिकारिक रिपोर्ट बाहेक, स्थानीयहरूको दाबीअनुसार १४ फरवरी यता चार महिला हित पाँच वृद्ध व्यक्तिको हृदयघातबाट मृत्यु भएको छ। संचारमाध्यमको समाचारअनुसार, मृत्यु हुनेमा १०३ वर्षीय मोइराङ्थेम टोम्बी रहेको छ भने खैदेम अचौबी (७४), थोङ्गम चाओबा (८०), लैशराम दासुमती (६०) अनि ६२ वर्षीय मोइराङथेम नन्दकुमार, सभी सुगनुको बासिन्दा हुन्। आतंकवादीहरूले मणिपुर नदी पारबाट सुगनु गाउँमा बारम्बार गोली र बमहरू हानेका थिए, जसले गर्दा गाउँका स्वयंसेवकहरू र चरमपन्थीहरूबीच गोली हानाहान भएको संचारमाध्यमको समाचारमा उल्लेख छ। यसका साथै नदी किनार नजिकका घरहरूमा पनि व्यापक क्षति पुगेको छl आधिकारिक स्रोतहरूले हिंसा कम गर्न केन्द्रीय बल र राज्य बलहरूले प्रयास गरिरहेको बताए। यस सम्बन्धमा, बजार क्षेत्र र अन्तर-गाउँ सडकहरूसहित सुगनुका विभिन्न स्थानहरूमा बीएसएफ र राज्य बलहरू भारी तैनाथ गरिएको समाचार छ। यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मंगलबार र बुधबार राज्य बल र बीएसएफले संयुक्त अभियान चलाएको बताइएको छ।








