सिक्किम: भरत बस्नेत बने क्याप, सिक्किमका नयाँ अध्यक्ष

IMG-20240222-WA0188.jpg

गान्तोक: वरिष्ट राजनीतिज्ञ तथा सिक्किम प्रदेश कङ्ग्रेस कमिटीका पूर्व अध्यक्ष भरत बस्नेत सिटिजन एक्शन पार्टी, सिक्किमका नयाँ अध्यक्ष नियुक्त भएका छन्। आज पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत अदमपुल नजिक अवस्थि पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यकारी परिषदको बैठकले यो निर्णय लिएको हो। पछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टीका वरिष्ट उपाध्यक्ष डीबी चौहानले निवर्तमान अध्यक्ष एलपी काफ्ले आगामी चनाउ लड़ने कुरालाई ध्यानमा राखेर उनको सट्टामा भरत बस्नेतलाई अध्यक्ष नियुक्त गरिएको बताए। उल्लेखनीय छ, एक व्यक्ति एक पद नीति बोकेको सिटिजन एक्शन पार्टीको संविधोनअनुसार अध्यक्ष पदमा रहेका व्यक्तिले चुनाउ लड्न पाउने छैन। पूर्व अध्यक्ष काफ्लेले चुनाउ लड़्नुपर्ने सर्वसम्मति बनेपछि आजकै केन्द्रीय कार्यकारी परिषदको बैठकमा उनले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ।      आर्कोतिर नयाँ अध्यक्ष भरत बस्नेतले पार्टीको निर्णयलाई आफूले स्विकारेको पत्रकारहरूसितको कुराकानीमा बताए। “पूर्व अध्यक्षले चुनाउ लड़नपर्ने सर्वसम्मति पछि मलाई सीईसी-को बैठकले नयाँ अध्यक्ष चयन गरेको छ र मैले यस कार्यभार र जिम्मेवारीलाई सहर्ष स्विकारेको छु”, उनले भने। त्यसो भए आगामी चुनाउमा नउठ्ने त भनी पत्रकारहरूले प्रश्न गर्दा पार्टीको संविधानमा संशोधन पनि हुनसक्ने उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *