आईपीएल २०२४-बाट शमी बाहिर

IMG-20240222-WA0187.jpg

नयाँ दिल्ली: पेस बलर मोहम्मद शमी देब्रे खुट्टाको चोटले गर्दा इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ बाट बाहिर भएका छन्। उनले चोटको निम्ति ईंग्ल्याण्डमा सर्जरी गराउनु पर्नेछ। बीसीसीआई-को सूत्रले यसबारे जानकारी दिएको छ। आईपीएलमा शमीले गुजरात टाइटन्स टीमको पेस आक्रमणको अगुवाई गर्छन्। उनी आईपीएलको पूरा सीजनबाट बाहिर हुँदा फ्रेंचाइजीलाई ठूलो धक्का लागेको छ, जसले अगावै आफ्ना चमत्कारी कप्तान हार्दिक पाण्ड्यालाई गुमाइसकेको छ। साल २०२२- देखि आईपीएलमा खेल्ने गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन गरेको छ। टीमले आफ्नो पहिलो सीजनमै ट्रफी जितेको थियो अनि गत सीजनमा पनि उपविजेता रहेको थियो। यी दुवै सीजनमा टीमको सफलतामा शमीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस ३३ वर्षीय पेसरले आईपीएलको २०२२ सीजनमा २० विकेट अनि गत वर्ष २८ विकेट लिएका थिए। यसबारे गुजरात टाइटन्सको तर्फबाट कुनै आधिकारिक घोषणा गरिएको छैन तर उनीहरूसँग दिसम्बरमा भएको लिलामीको अवधि अनसोल्ड रहने खेलाड़ीहरूका सूचीबाट एकजना प्रतिस्थापन (आधार मूल्य शमीभन्दा अधिक हुनु हुँदैन) चयन गर्ने अनुमति रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *