गान्तोक: गेजिङ जिल्लाका सुँगुर पालकहरूलाई लिएर वैज्ञानिक ढङ्गमा सुँगुर पालनलाई लिएर एक दिवसीय प्रशिक्षण एवं सचेतना कार्यक्रम सम्पन्न भयो। इस्टर्न रिजनल स्टेसन र आइसीएआर कलकत्ताको संयुक्त पहलमा गेजिङ जिल्लाको कृषि विज्ञान केन्द्रमा आयोजना गरिएको थियो। सभालाई सम्बोधन गर्दै आईसीएआर-का प्रमुख वैज्ञानिक पीएस ब्यानर्जीले रोग टीकाकरणमाथि अभूतपूर्व विकास भएको र आइसीएआर एक प्रतिष्ठित संस्थान रहेको कारण यसले अहिलेसम्म हासिल गरेको उपलब्धिहरूबारे प्रकाश पारे। सहभागीहरूले डा. समीरन जस्ता प्रमुख वैज्ञानिक अनि विशेषज्ञबाट पनि सुँगुर व्यवस्थापनको निम्ति पहल गरिरहेकाहरूले केही सिक्ने अवसर पाए। विशेष गरेर सुँगुरमा लाग्ने विभिन्न प्रकारको रोग जस्तै एनीमिया, अफ्रिकन स्वाइन फिभर, र सुँगुरको झाडापखाला लगायत अन्यबारेमा सचेत गराइयो।