सिक्किम: श्रमिकहरूलाई लिएर पाकिममा एक दिवसीय सचेतना कार्यक्रम आयोजित

IMG-20240222-WA0184.jpg

गान्तोक: राज्यको सडक एवम पुल विभाग र श्रम विभागको संयुक्त पहलमा आज पाकिम जिल्लाका लोक निर्माण विभागका श्रमिकहरूलाई लिएर एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। सामसिङमा रहेको सडक एवम पुलि विभाग कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम विभागका सह आयुक्त अर्जुन कुमार उप्रेतीले भवन तथा अन्य निर्माणधीन कार्यरत श्रमिकहरूलाई सश्कितकरण गरिनेबारेमा जानकारी गराए।उनले कार्यक्रमबाट प्रदान गरिने कल्याणकारी सुविधाहरूलाई पनि सम्बोधन गरे, जसमा विभागमा पञ्जीकरण भएका श्रमिकका बालबालिकालाई निःशुल्क शिक्षा, कामको समयमा मृत्यु भएमा सहयोग, प्रसूति र विवाह सुविधा, सामान्य चोटपटक र चिकित्सा सहायता, अन्त्येष्टि क्रियाको खर्च लगायत अन्य सुविधाहरूबारे अवगत गराए। उनले प्रधान मन्त्री आयुष्मान भारत जन आरोग्य योजना र ई- श्रमबारे दर्ता गर्ने प्रक्रिया, आवश्यकताहरू, सामाजिक सुरक्षा लाभहरू, बीमा योजनाहरू, र सुविधाहरू सहित प्रकाश पारे। यसै क्रममा सामाजिक कार्यकर्ता प्रभाकर गोलेले समाज निर्माणमा मजदुरको योगदानको कदर गर्दै श्रमिकको सर्वाङ्गीण विकासका लागि राज्य सरकारले गरेको पहलमाथि जोड दिए। उनले आफ्ना सहकर्मीहरूलाई सामाजिक सुरक्षा र कल्याणकारी कार्यक्रमहरूको बारेमा सचेत गराउनको साथै आर्थिक स्थायित्व बढाउन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement