गान्तोक: हिजो अपराहन्ह नथुला र छाङ्गुमा व्यापक हिमपात भएपछि त्यहाँ घुम्न गएका पाँच सय भन्दा अधिक पर्यटकहरू फँसेका छन्। सुत्रले जानकारी गराएअनुसार १७५ वटा वाहनमा पाँचसय भन्दा अधिक पर्यटकहरू नाथुला र छाङगु घुम्न गएका थिए। तर अचानक हिमपात भएपछि वाहनहरू त्यहाँबाट निस्कन नसकेको सेनाको त्रिशक्ति टोलीले जानकारी गराएको छन्।सेनाले जानकारी गराए अनुसार हिमपात अधिक भएपछि त्यहाँको टेम्प्रेचर जिरो पुगेको थियो। तर सेनाले त्यहाँ फँसेका सबै पर्यटकहरूलाई आवश्यक सबै कुरा प्रदान गर्दै उनीहरूलाई सुरक्षित स्थानमा लगेका थिए। विशेष गरेर उनीहरूलाई चाहिने औषधि, तातो पानी लगायत सबै कुरा प्रबन्धन गरेपछि आज बिहान उनीहरूलाई सुरक्षित गान्तोक ल्याइएको थियो।सीमावर्ती क्षेत्रमा तैनाथ रहेको सेनाले सदैव आपदको समयमा पर्यटक साथै आम नागरिकहरूलाई सहयोग पुऱ्याउँदै आइरहेको छ। उक्त घटनालाई ध्यानमा राख्दै आज राज्य सरकारले छाङगु र नथुला जानको निम्ति परमिट बन्द गरेको छ।त्यहाँको स्थिति सामान्य भएपछि मात्र परमिट जारी गरिने जानकारी प्राप्त भएको छ।