सिक्किम: एसकेएम पार्टीको सांगठनिक सभा गान्तोकमा सम्पन्न

IMG-20240222-WA0183.jpg

विकासको निम्ति एसकेएम पार्टीलाई जिताउनु पर्छः अरूण उप्रेती

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टोको सांगठनिक सभा राजधानीस्थित पुरानो चिल्ड्रेन पार्कमा भव्यताको साथमा सम्पन्न भयो। आजको सभामा मुख्य अतिथिको रूपमा पार्टीको सेक्रेटरी जेनरल एवं सिक्किम विधानसभाको अध्यक्ष अरुण उप्रेती उपस्थित थिए। यसरी नै संगठनका संयोजक एवं प्रवक्ता जेकब खालिङ क्षेत्र विधायक वाइटी लेप्चा लगायत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न भातृ संगठनका नेतृत्वहरुको सिक्किम सरकारले गरेको विभिन्न कामहरुबारे उपस्थित जनसमुहलाई विस्तृत रूपमा जनकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गान्तोक निर्वाचन क्षेत्रमा गरेको विभिन्न कामहरूबारे जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले धेरै काम गरिरहेको साथै ती कामहरुलाई अझ धेरै अनि वृहत मात्रामा बढाएर लानको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सबैले आगामी विधानसभा चुनावमा बहुमत दिएर जिताउनु पर्ने उनले सबैलाई आग्रह गरे।

यसरीनै सभालाई सम्बोधन गर्दै क्षेत्र विधायक लेप्चाले आफूले बीजेपी पार्टीबाट चुनावमा जितेर आएपनि मुख्यमन्त्री तामाङले कहिले नछुटाई यो क्षेत्रमा विकाश गरेको बताए। चुनावमा जनतालाई दिएको सबै बाचनहरु मुख्यमन्त्री प्रेमसिंह तामाङको आशिर्वादले यो साढे चार वर्षको कार्यकालमा पूरा गर्न सकेकोमा उनले खुशी व्यक्त गरे। उनले सबै कार्यकर्ताहरुलाई केवल कार्यकर्ता मात्र भएर नबसेर शुभचिन्तक भएर अघि आउने अपील गरे। पार्टीप्रतिको इमान्दारिताको मूल्यांङकन ढिलो छिटो अवश्यै हुने उनले आश्वासन दिए। आफू पनि राजनीतिमा इमान्दार भएको कारणले पार्टी अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले आफूमाथि विश्वास गरेर जनमत प्राप्त गरेर जनताको सेवा गर्ने अवसर प्राप्त भएको बताए। आगामी चुनावमा टेबल ल्याम्पको चिन्हलाई लिएर जोही आएपनि आफूले तन मन दिएर जिताएर मुख्यमन्त्री प्रेमसिंह तामाङले गराएको गुण फर्काउने बचन दिए। आजको कार्यक्रमलाई प्रवक्ता जेकब खालिङ, अतिरिक्त राजनीतिक सचिव अनि विभिन्न भातृ संगठनका नेतृत्वहरुको सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *