सिक्किम: उत्तर जिल्लामा व्यापक हिमपात

IMG-20240222-WA0182.jpg

मंगन: पश्चिमी हिमालय क्षेत्रबाट आएको खराब मौसमको कारण सिक्किम राज्यको मौसमले तीव्र गति लिएको छ। यसको फलस्वरूप सिक्किमको उत्तरी अनि पूर्वी अंशमा भारी हिमपात भइरहेको छ। लाचुङ अनि लाचेन क्षेत्रका महत्त्वपूर्ण सड़कहरू, नाथुला अनि ताम्जेको राष्ट्रिय राजमार्गमा असाधारण रूपले अत्यधिक हिमपात भइरहेको छ। अत्यधिक हिमपातको कारण ती क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहरूको दैनिक गतिविधिमा अवरोध भएको छ। अधिकांश सड़कहरूमा अत्यधिक हिउँ जमिएको कारण उनीहरूले दैनिक जीवनमा ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। यसवाहेक सिक्किममा गत ४ अक्टोबरको दिन आएको विनाशकारी बाढ़को कारण उत्तर सिक्किमको विशेषगरी लाचेन घाटीसम्म जाने सड़क मार्गहरूलाई व्यापक क्षति पुगेको छ। यद्यपि, सीमा सड़क संगठनले १८ हजार २०० फीटमा अवस्थित डोङक्याला घाटीको माध्यमबाट लाचेन घाटीमा तैनाथ सशस्त्र बलहरूसम्म सम्पर्क बहाल गरिदिएको थियो। हाल अत्यधिक हिमपातपछि सीमा सड़क संगठन (बीआरओ)-को प्रोजेक्ट स्वास्तिक अन्तर्गत ७५८ बीआरटीएफको दृढ़ टोलीले सीमावर्ती क्षेत्रहरूतर्फ जाने सड़कहरू खुला राख्नको निम्ति आफ्नो धेरै मशीनहरू अनि मानवशक्ति जुटाएको छ। प्रतिकूल मौसमपछि पनि ७५८ बीआरटीएफको दृढ़ टोलीले मानिस र सामग्रीको आवतजावतमा कुनै असर नपर्ने गरी सञ्चारका यी अत्यावश्यक मार्गहरू खुला राख्न प्रतिबद्ध रहेको छ। चिसो तापमान, अपर्याप्त अक्सिजन, उच्च हावा र हिमपात आदिले बीआरओका साहसी कार्यकर्ताहरूको इच्छा र दृढ़ संकल्पलाई रोक्न सकेको छैन, जसले गर्दा सबै बाधाहरूलाई पार गर्दै उत्तर र पूर्वी सिक्किममा आवतजावत गर्ने सवारीहरू सुनिश्चित गरेका छन्। मानिस र मशीवको तालमेल र आफ्नो कर्तव्यप्रतिको अटल प्रतिबद्धता र समर्पणले गर्दै हाल भारी हिउँको यो चुनौतीपूर्ण समयमा सीमा सड़क संगठनको दृढ टोलीले उल्लेख्य कार्य गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement