आईपीएलको उ‌द्घाटन म्याचमा सीएसके र आरसीबी-बीच भिड़न्त हने

IMG-20240222-WA0181.jpg

नयाँ दिल्ली: लामो प्रतीक्षापछि इण्डियन प्रीमियर लीग (आईपीएल)-को १७औं सीजनको कार्यक्रम जारी गरिएको छ। आईपीएल २०२४-को पहिलो म्याच २२ मार्चमा वर्तमान च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) – बीच खेलिनेछ। एमएस धोनीको कप्तानीमा रहने सीएसके गत सीजनको विजेता टीम हो। चेन्नईको टीमले रेकर्ड नवौंपल्ट आईपीएलको कुनै सीजनको उ‌द्घाटन म्याच खेल्नेछ। बिहीवार आईपीएलको आंशिक कार्यक्रम जारी गरियो, जसमा २२ मार्चदेखि ७ अप्रेलसम्म खेलिने २१ वटा म्याचको सूची सामेल छ। आईपीएलको फाइनल २६ मईमा खेलिने सम्भावना छ। यस्तो भए पुरुषहरूका टी२० वर्ल्ड कप आईपीएल फाइनलको ठीक पाँच दिनपछि शुरु हुनेछ। टी२० वर्ल्ड कपको आयोजन वेष्ट इण्डिज र अमेरिकामा हुनेछ। देशको चुनाउ आयोगद्वारा लोकसभा चुनाउका तारिखहरूको घोषणापछि आईपीएलको रहल म्याचहरूका कार्यक्रम जारी गरिने सम्भावना छ, जुन अप्रेल र मईको महिनामा हुनसक्छ। यस टी२० लीगको आयोजन चुनाउको साथमा हुने यो पहिलोपल्ट चाहिँ होइन। यसअघि २००९ मा चुनाउहरूले गर्दा पूरा टुर्नामेण्ट दक्षिण अफ्रिकामा स्थानान्तरित गरिएको थियो जबकि २०१४-मा पहिलो २० वटा म्याच यूएई मा अनि रहल म्याचहरू भारतमा खेलिएको थियो। यसरी २०१९-मा चुनाउ हुँदा पनि आईपीएलको आयोजन भारतमै भएको थियो। दिल्ली क्यापिटल्सले आफ्नो शुरुवाती दुईवटा म्याच विशाखापट्टनममा खेल्नेछ। महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को फाइनल दिल्लीमा खेलिनेछ अनि त्यसको तुरन्त पछि मैदानलाई आईपीएलको निम्ति तयार गर्न सामान्य समय लाग्नेछ। दुई हप्ताको अवधिमा १० वटा शहरमा २१ वटा म्याच खेलिनेछ। यसमा प्रत्येक टीमले न्यूनतम तीन अनि अधिकतम पाँचवटा म्याच खेल्नेछ। पहिलो हप्तामा दुईवटा डबल हेडर (एक दिनमा दुईवटा म्याच) हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *