३१ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शनिवार प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा लोवर सीडर्स युनाइटेले मगरजुंग स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट एरोजले २ र भाइचुङले १ गोल गरे। यसरी नै मगरजुंगबाट उज्ज्वलले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।










