देवकुमार खाती स्मृति नक्आउट फूटबलः सिलगढ़ी युनाइटेड र ३९ जीटीसी विजती

३१ जुलाईः बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको पहिलो म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले सोनादालाई ५-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा ३९ जीटीसी आर्मीको बी टीमले प्रणीत बोइज निरपानीलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ रहेको थियो । टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement