खरसाङ: हिल फुटबल एकाडेमी खरसाङमा भईरहेको पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेस गरेको छ। गत २६ जनवरीदेखि खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पश्चिम बंगाल नेवार विकास बोर्डको आयोजनामा भईरहेको पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्टको पहिलो सेमी फाईनल खेल आज सम्पन्न भएको छ। उक्त पहिलो सेमी फाईनल खेल हिल फुटबल एकाडेमी खरसाङ र नाम्सु मिरिकमाझ सम्पन्न भएको छ। उक्त खेलमा हिल फुटबल एकाडेमीले नाम्सु मिरिकलाई २-१ गोलको अन्तरले पराजित गर्दै फाईनलमा प्रवेस गरेको छ। आजको खेलमा हिल फुटबल एकाडेमीको वाङ्चुक तामाङलाई म्यान अफ् द म्याच चयन गरिएको छ। उनलाई आजके खेलको मुख्य अतिथिको रूपमा उपस्थित पश्चिम बंगाल नेवार विकास बोर्डको चेयरम्यान सुनिल प्रधानको बाहुलीबाट पारितोषिक वितरण गरिएको छ। अब भोलि शुक्रबार हुने दोस्रो सेमी फाईनल खेल अलि बक्स सेभेन र सालबारी ब्रेभ ब्लुमाझ हुनेछ।

उक्त दोस्रो सेमी फाइनल खेलमा जसले जित्छ हिल फुटबल एकाडेमीसित फाईनलमा उपाधिको लागि आगामी २५ फरवरीको दिन हुने फाईनलमा भीड़न्त हुनेछ भनी आयोजक समितिको पक्षमा अमीत प्रधानले जानकारी गराएका छन्।