खरसाङ: भागोप्रमोको मिशन जागरण कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टीको शिवखोला ग्राम पञ्चायतमा पनि धरणा प्रदर्शन गरिएको छ। यस धरणा प्रदर्शन अन्तर्गत सिपाहीधुरा चियाबारीमा अवस्थित शिवखोला ग्राम पञ्चायतको कार्यालयमा मिशन जागरण अन्तर्गत धरणा प्रदर्शन आयोजना गरिएको छ। उक्त धरणा प्रदर्शनलाई पञ्चायत प्रधान मणिकुमार प्रधानले अध्यक्षता गरेका थिए भने सजित राईले सञ्चालन गरेका थिए। यस धरणा प्रदर्शनमा भाजपी पार्टीले गोर्खाहरूलाई केवल झुटो आश्वासन मात्र दिने नीति अप्नाएको साथै गोर्खाहरुको भावनासिक खेलवाड गरिएको अनि गोर्खाहरुलाई केवल प्लाष्टिकको खेलाउने गुडिया जस्तो सम्झेर भोटको लगि मात्र उपयोग गरेको आरोप लगाएका छन्। वक्ताहरूले गोर्खाहरूको भाजपा पार्टीको नीतिको विरोधमा यो धरणा प्रदर्शन गरिएको बताएका छन्। उक्त धरणा प्रदर्शनमा शिवखोला ग्राम पञ्चायत प्रधान मणिकुमार प्रधान, युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा, भागोप्रमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव सीबी राई, उप प्रधान अम्बिका देवान, सदस्या मोनिका तामाङ, सृजना छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।