नागाल्याण्ड: एनएससीएन (आईएम) समूहका उप नेताकाे हत्या

IMG-20240221-WA0184.jpg

माेन: राज्यको मोन जिल्ला अन्तर्गत टिजित उपखण्डको नामसा गाउँमा प्रतिबन्धित नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन-आईएम) समूहका एक क्याडरको गोली दागी हत्या गरिएको छ। पुलिसले बिहीवार बताएको छ, खम्पाई कोन्याक नामक क्याडर पहिला एनएससीएन (केवाईए) समूहमा थिए। पछइ खम्पाई एनएससीएन (आईएम) समूहमा सामेल भए। अज्ञात आक्रमणकारीहरूले उनको आवासमा अन्धाधुन्ध गोली चलाएर खम्पाई कोन्याकको हत्या गरिदिए। उक्त घटनाको कारणले सम्पूर्ण मोन जिल्लामा तनाउ व्याप्त भएको छ। नागा पुलिसले घटनाको जाँच गरिरहेको भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। टिजित पुलिसले शवलाई पोस्टमर्टमको लागि अस्पताल पठाएको छ। खाम्पाईमाथि कुन गुटले गोली दागेको हो अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement