बंगाल: संयुक्त इसाई एकता मञ्चको मिरिक खण्ड समिति गठन

IMG-20240222-WA0159.jpg

मिरिक: संयुक्त इसाई एकता मञ्चको मिरिक खण्ड समिति गठन गरिएको छ। यसको लागि संयुक्त इसाई एकता मञ्चको आकस्मिक बैठक पास्टर केवल लामाको अध्यक्षतामा मिरिकको क्यानन चर्च छब्बीसेमा सम्पन्न भएको छ। यसै सभामा मिरिकको लागि खण्ड समिति चयन गर्ने महत्त्वपूर्ण कार्यलाई सम्बोधन गर्दै संयुक्त इसाई एकता मञ्चको आकस्मिक बैठकको सञ्चालन केन्द्रीय समितिका सचिव पास्टर सागर कार्किढोलीले गरेका थिए। नव निर्वाचित समितिका सदस्यहरुमा अध्यक्ष जुबिन प्रधान, उपाध्यक्ष पास्टर निवास तामाङ, महासचिव पास्टर लाडुप लेप्चा, सह सचिव पास्टर विकास दर्जी, कोषाध्यक्ष पास्टर समीर राई अनि सह कोषाध्यक्ष पवन बराइलीलाई चयन गरिएको छ। त्यसरी नै सल्लाहकार समितिमा रेभरेण्ड उमेस सेवा, पास्टर उमेस राई, पास्टर रूबेन प्रधान, पास्टर सागर कार्कीढोली पास्टर ह्रदय गुरुङ, पास्टर केवल लामा लगायत नौजना कार्यकारी सदस्यहरू चयन गरिएको छ।
सभालाई अध्यक्ष पास्टर केवल लामाले समापन प्रार्थनाद्वारा सभा समापन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement