बंगाल: जलपाईगढी-बङ्गाईगाउँ प्यासेन्जर एक्सप्रेस (१५७०३/१५७०४)काे फ्ल्याग अफ

img2022011716265101777144.jpg

राजगञ्ज: न्यू जलपाईगढी-बङ्गाईगाउँ प्यासेन्जर एक्सप्रेसको आमबारी र बेलाकोवा स्टेशनमा नयाँ स्टपेज हुनेछ। जलपाईगढीका सांसद जयन्त कुमार रायले आज यसको उद्घाटन गरे। आज सांसद जयन्त कुमार रायले आमबारी फालाकाटा र बेलाकोवा स्टेसनबाट न्यू जलपाईगढी-बङ्गाईगाउँ प्यासेन्जर एक्सप्रेस (१५७०३/१५७०४)लाई आधिकारिक रूपमा फ्ल्याग अफ गरेर प्रस्थान गराए। यस सम्बन्धमा सांसद जयन्त कुमार रायले भने, इलाकाका मानिसहरूले उक्त स्टेशनहरूमा स्टपेजको माग गरेकोले यस सम्बन्धमा रेलवे बोर्डसित कुराकानी गरेको थिए। यसपछि बेलाकोबा र आमबारी-फालाकाटा स्टेशनमा आज स्टपेजको उद्घाटन गरियो। यसले गर्दा दुवै क्षेत्रका मानिसहरूलाई निक्कै फाइदा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement