टर्कीले उडायो पहिलो पटक हवाई योद्धा

Fighter-Jet-representative-image-copy

टर्कीको पहिलो फिफ्थ जेनेरेसनको स्टेल्थ लडाकू जेट टीएफ कानले आफ्नो पहिलो सफल उडान गरेको छ। कानको यो उडान, जसलाई राडारले समातेको छैन, टर्कीका लागि ऐतिहासिक घटना मानिएको छ। टर्की पहिले नै ड्रोन विमानको राजा हो र अहिले लडाकु विमान उडाएर विश्वलाई आफ्नो शक्तिको परिचय दिएको छ। यो विमानसँगै अमेरिकी निर्मित एफ–१६ लडाकु विमान पनि उडेको थियो। टर्कीको यो लडाकु विमान करिब १३ मिनेट हावामा रह्यो र ८ हजार फिटको उचाइमा पुग्यो। यस अवधिमा यसको गति २३० नटसम्म रह्यो। कान टर्कीको पहिलो स्वदेशी लडाकु विमान हो, र यो पाकिस्तानलगायत धेरै देशहरूसँग मिलेर निर्माण गर्न चाहन्छ। संचारमाध्यमका समाचारअनुसार, पाकिस्तानले घोषणा गरेको छ, उसले चीनबाट पहिलो फिफ्थ जेनेरेसन विमान एफसी ३१ लडाकु जेट खरिद गरिरहेको छ। चीनले यो स्टेल्थ लडाकु विमान रडारबाट पत्ता लगाउन नसक्ने दाबी गरेको छ। पाकिस्तानी वायुसेना प्रमुखले आफ्नो देशले चाँडै चीनबाट यो विमान पाउने घोषणा गरेका थिए। योसँगै पाकिस्तानलाई अर्को मित्र टर्कीबाट फिफ्थ जेनेरेसनको लडाकु विमानको प्रस्ताव आएको छ समाचार छ। टर्कीले पाकिस्तानसँग मिलेर कान विमान निर्माण गरोस् भन्ने चाहन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement