राँची: ईंग्ल्याण्डले भारत विरुद्ध शुक्रवारदेखि यहाँ जेएससीए स्टेडियममा शुरु हुने चौथो टेस्ट म्याचको निम्ति पेस बलर ओली रबिन्सन र अफ् स्पिनर शोएब बशीरलाई आफ्नो प्रथम एकादशमा सामेल गरेको छ। रबिन्सन र बशीरले ईंग्ल्याण्डको प्रथम एकादशमा क्रमशः पेस बलर मार्क वुड र लेग स्पिनर रेहान अहमदको स्थान लिनेछन्, जुन ईंग्ल्याण्डको निम्ति एउटा महत्त्वपूर्ण टेस्ट हुनेछ। राजकोटमा ४३४ रनले निराशाजनक हारपछि ईंग्ल्याण्ड अहिले पाँचवटा टेस्ट म्याचको सीरीजमा २-१-ले पछि रहेको छ। अब सीरीजमा कायम रहनको निम्ति बेन स्टोक्सको कप्तानीमा रहने टीमले राँचीमा जसरी भए जीत हासिल गर्नु जरूरी छ। गत वर्ष हेडिंग्लेमा एशेज सीरीजको अवधि तेस्रो टेस्ट म्याचपछि रबिन्सनको यो पहिलो टेस्ट म्याच हुनेछ। त्यस समय उनले म्याचमा केवल ११.२ ओभर बलिंग गरेका थिए अनि चोटले गर्दा सीरीजका रहल म्याचहरूबाट बाहिर भएका थिए। यसरी विशाखापट्टनममा पदार्पण गरेपछि बशीरको यस प्रारूपमा यो दोस्रो म्याच हुनेछ। पहिलो टेस्टमा उनले ४ विकेट लिएका थिए। रबिन्सन र जेम्स एण्डरसनले पेस आक्रमण सम्हाल्नेछन्। यसरी स्पिन विभागमा बशिरसँग टम हार्टले र जो रुट हुनेछन्। जारी सीरीजमा अहिलेसम्म केवल १७-को औसतले रन बनाए पनि जनी बेयरस्टोलाई प्रथम एकादशमा कायम राखिएको छ। बेयरस्टोको यस सीरीजमा सर्वोच्च स्कोर ३७ रन रहेको छ।
ईंग्ल्याण्डको प्रथम एकादशः
ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, जनी बेयरस्टो, बेन स्टोक्स (कप्तान), बेन फक्स (विकेटकीपर), टन हार्टले, ओली रबिन्सन, शोएब बशीर र जेम्स एण्डरसन।