खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा मिशन जागरण कार्यक्रमलाई पालन गर्दै केन्द्रको भाजपा सरकारले गोर्खाप्रति अवहेलित नीतिको कारण प्रतिवाद गर्दै तेस्रो दिन पनि खरसाङ खण्ड विकास कार्यालयमा विरोध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निसा, महकुमा उप सभापति शंकर राउत, टाउन कमिटी कार्यवाहक सचिव बीरबल पाख्रिनको विशेष उपस्थितिमा विरोध र धरना प्रदर्शन गरिएको छ। उक्त कार्यक्रममा खण्ड विकास अधिकारीलाई पार्टीको प्रतिनिधिले संसदको सबै अधिवेशन समाप्त भए तापनि अझैं पनि केन्द्रमा रहेको बीजेपी सरकारले हाम्रो गोर्खाको ११ जनजातिको मुद्दालाई छिनोफानो गरियोस् भन्ने हेतुले यो मांग केन्द्र सरकारलाई पठाईदिने आग्रह गरिएको छ। आजको धरना प्रर्दशनलाई टाउन कमिटिको सांगठनिक सचिव रञ्जन गजमेरले नारा बाजीमा अगुवाई गरेका थिए। उक्त विरोध प्रदर्शनमा सन्तोष पहरीले सम्बोधन गरेका थिए। आज यस धरणा कार्यक्रममा टाउन कमिटीको सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान कार्यकारिणी सदस्यहरू लगायत पार्टीको वरिरिष्ठ नेतृत्वगण, वार्डका प्यारेन्ट्स नारी र युवा शक्तिका सदस्यवर्ग, पञ्चायतका निर्वाचित सदस्यहरू र धेरै मात्रामा सदस्यगण उपस्थित थिए। यस धरणामा प्रदर्शनमा केन्द्रीय नारी सदस्या जैतुन निशा खातुन, महकुमा उपाध्यक्ष शंकर राउत अनि टाउन कमिटी कार्यवाहक सचिव बीरबल पाख्रिन आदिले वक्तव्य राखेका थिए।