सिक्किम: बीआरओको सक्रियतामा उत्तर र पूर्व सिक्किममा आवतजावत खुल्ला

n5853814741708599026751405725fc4a0c3b4cbf87d2438a477d2b67a93ecd9f6125e0db9794542974248a.jpg

गान्तोक: पश्चिमी हिमालय क्षेत्रको मौसममा आएको परिवर्तनका कारण उत्तर र पूर्व सिक्किममा भारी हिमपात भइरहेको छ। उत्तर सिक्किमको लाचुङ र लाचेनसँगै रणनीतिक रूपमा महत्त्वपूर्ण सड़कहरू, नाथुला र ताम्जे जाने राष्ट्रिय राजमार्गमा पनि भारी हिमपात भएको छ।

हिमपातका कारण उक्त क्षेत्रका सामाजिक-आर्थिक गतिविधिहरू अवरुद्ध हुनका साथै र सड़क प्रयोगकर्ताहरूसामु पनि चुनौती खडा गरेको छ।

सिक्किममा गत ४ अक्टोबरको दिन गएको विनाशकारी बाढीका कारण उत्तर सिक्किमका विशेष गरी लाचेन क्षेत्रमा सञ्चार माध्यमका लाइनहरूमा ठूलो क्षति पुगेको छ। बीआरओले १८,२०० फिटको उँचाईमा रहेको डोक्याला पासको माध्यमबाट लाचेनमा तैनाथ सशस्त्र बलका लागि सम्पर्क पुनर्स्थापित गरेको थियो। भारी हिमपातपछि सीमा सडक संगठन (बीआरओ) को स्वस्तिक परियोजना अन्तर्गत 758 बीआरटीएफको निर्धारित टोलीले आफ्नो भारी मेसिनरी र जनशक्ति परिचालन गरेको छ। सीमा क्षेत्रमा जाने रणनीतिक सडकहरू खुला राखेको छ।

प्रतिकूल मौसमको बावजुद ७५८ बीआरटीएफको टोलीले मानिस र आवश्यक सामग्रीहरूको आवतजावतमा कुनै असर नपरोस् भनेर सञ्चारका यी महत्त्वपूर्ण लाइनहरू खुला राख्न प्रतिबद्धता देखाएको छ। चिसो मौसम, अपर्याप्त अक्सिजन, तीब्र हावा र भारी हिमपात आदिले पनि बीआरओका साहसी कार्यकर्ताहरूको इच्छा र दृढतालाई रोक्न सकेको छैन, जसले गर्दा सबै बाधाहरूको बावजुद उत्तर र पूर्वी सिक्किममा यातायात सुनिश्चित गर्न बीआरओ टोली सफल भएको छ।

प्रतिकूल मौसममा पनि बीआरओको दृढ टोलीले मानिस र मेसिनको तालमेल र आफ्नो कर्तव्यप्रतिको अटल प्रतिबद्धता र समर्पणको प्रदर्शन गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *