पाकिस्तानको बलुचिस्तानमा शनिबार फूटबल खेलमा विस्फोट

पाकिस्तानको बलुचिस्तानमा शनिबार फूटबल खेलको क्रममा ठूलो विस्फोट हुँदा आतंक मच्चिएको छ। यो जानकारी पाकिस्तानको पुलिसले त्यहाँका संचारमाध्यमलाई दिएको छ। दुई स्थानीय टोलीबीचको घरेलु फूटबल खेल चलिरहेको बेला तुर्बात रंगशालाभित्र विस्फोट भएको पुलिसले बताएको छ। उनले विष्फोटपछि गोलीबारी भएको र रंगशालामा आतंक मच्चिएको बताए। पुलिस स्रोतका अनुसार विष्फोटको कारण  बारे पत्ता लगाउने काम भइरहेको छl

विष्फोटको सूचना पाएलगत्तै उद्धार टोली र कानून प्रवर्तन टोलीलाई उक्त क्षेत्रमा पठाइएको र क्षेत्रलाई घेराबन्दी गरियो छ। क्वेटाको तुर्बत स्टेडियम बाहिर ग्रेनेड विस्फोट हुँदा एक पुलिससहित तीनजना घाइते भएका छन्। शहरको विमानस्थल सडकमा फूटबल रंगशालामा खेल चलिरहेको बेला बम विष्फोट भएको पुलिसले जनाएको छ। दुई दिनमा रंगशालामा यो दोस्रो पटक विस्फोट भएको बताइएको छ। यसअघि शुक्रबार अफगानिस्तानको राजधानी काबुलमा क्रिकेट खेलका क्रममा भएको बम विस्फोटमा दुई सर्वसाधारणको मृत्यु भएको तालिवानले शनिबार पुष्टि गरेको थियो।

हालसम्म कसैले पनि आक्रमणको जिम्मेवारी लिएको छैन तर तालिबानको प्रमुख प्रतिद्वन्द्वी इस्लामिक स्टेटका लडाकुहरूले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ। यसअघि शुक्रबार दिउँसो काबुलको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको ग्रेनेड विस्फोटमा १३ जना घाइते भएका थिए। विस्फोट हुँदा खेल हेर्न सयौं मानिस उपस्थित थिए। तालिबानद्वारा नियुक्त काबुल पुलिसका प्रवक्ता खालिद जाद्रानले शनिबार दुईजनाको मृत्यु भएको बताए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो वा अस्पतालमै मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन। विस्फोटका कारण ब्यान्ड–ए–आमिर ड्रागन र पामिर जाल्मीबीचको क्रिकेट खेल केही समयका लागि रोकिएको थियो। तर, पछि खेल फेरि शुरु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement