तृणमूल युवा एकाईद्वारा दार्जीलिङ पहाडमा चुनावको माग

TMC_Flag_PTI.jpg

दार्जीलिङ: दार्जीलिङ पहाड़मा चुनाव नभएर जनप्रनिधिविहीन जनताले धेरै असुविधा झेलिरहेको र जनताले दु:ख पाइरहेको कारणले गर्दा दार्जीलिङ पहाड़मा चुनाव हुन जरुरी छ भनी दार्जीलिङ जिल्ला हिल तृणमूल कांग्रेस युवा एकाईले माग गरेको छ। दार्जीलिङ जिल्ला हिल तृणमूल युवा एकाईको महासचिव रमेश कड़रियाले आज एक पत्रकार भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। उनले अहिले दार्जीलिङ पहाडमा राज्य अनि केन्द्र सरकार अधीनस्थ कार्लायलहरूको विभिन्न विभागहरूमा रिक्त पदहरू रहेको र पहाड़मा चुनाव नभएर जनप्रनिधिविहीन भएकोले पहाड़को विकास नभएको बताएका छन्। उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ गराउन चाहँदा पनि पहाडका राजनैतिक दलहरूले चुनावको विरोध गरिरहेको र चुनाव नभएर जनताहरूले दुःख पाइरहेको आरोप लगाएका छन्। रमेश कडरियाले पहाडको चौतर्फी विकास गराउन हो भने चुनाउ हुनु जरुरी रहेको छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement