गुजरातमा प्रधानमन्त्री मोदीले दिए उपहारस्वरूप करोडौंको विकास योजना

PM-Modi-3

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आज गुजरात पुगेका छन्। उनले गुजरातका जनतालाई हजारौं करोड रुपियाँको विकास कार्य उपहार दिए। गुजरात भ्रमणमा अहमदाबादपछि प्रधानमन्त्री मोदी मेहसाना पुगे। यहाँ उनले रोड शो गरे। प्रधानमन्त्रीले मेहसानामा सम्पन्न भएको जनसभामा करोडौंको विकास परियोजनाको शिलान्यास साथै उद्घाटन गरे, यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले मेहसानाको विसनगर तालुकमा रहेको वालिनाथ धाम मन्दिरमा पूजा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा भने, ‘ठीक एक महिनाअघि २२ जनवरीमा म अयोध्यामा भगवान रामको चरणमा थिएँ। त्यहाँ मैले भगवान श्रीरामको मूर्तिको प्राणप्रतिष्ठाको ऐतिहासिक कार्यक्रममा भाग लिने सुअवसर पाएँ। त्यसपछि १४ फरवरी वसन्त पञ्चमीको दिन अबुधाबीमा खाडी देशको पहिलो हिन्दू मन्दिर उद्घाटन गर्ने अवसर पाएँ। दुई तीन दिन अगाडि उत्तर प्रदेशको सम्भलमा कल्कि धामको शिलान्यास गर्ने अवसर पनि पाएँको थिए। अब आज मैले यहाँको ताराभमा रहेको यो भव्य, दिव्य मन्दिरमा प्राणप्रतिष्ठा पछि पूजा गर्ने सुअवसर पाएको छुl’

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा अझ भने, ‘यो भारतको विकास यात्राको उत्कृष्ट अवधि हो। यो समय भगवानको काम होस् वा देशको काम होस्, दुवै द्रुत गतिमा भइरहेका छन्। भगवानको सेवा पनि भइरहेको छ, राष्ट्रको सेवा पनि भइरहेको छl’ प्रधानमन्त्री मोदीले भारतमा स्वतन्त्रतापछि विकास र सम्पदाबीच द्वन्द्व सिर्जना भएको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘आज म यस पवित्र भूमिमा दिव्य ऊर्जाको अनुभूति गरिरहेको छु। यो ऊर्जाले हामीलाई हजारौं वर्षदेखि चलिआएको आध्यात्मिक चेतनासँग जोड्छ, जुन भगवान कृष्ण र महादेवसँग पनि सम्बन्धित छ। सयौं वर्ष पुरानो यो मन्दिर आज २१औँ शताब्दीको भव्यता र प्राचीन देवत्वका साथ निर्माण गरिएको हो। यो मन्दिर पनि सयौं कारीगर र मजदुरहरूको वर्षौंको अथक परिश्रमको परिणाम होl’ प्रधानमन्त्री मोदीले भने, ‘हाम्रा मन्दिरहरू मन्दिर वा पूजास्थल मात्र होइनन्, तिनीहरू हाम्रो हजारौं वर्ष पुरानो संस्कृति र परम्पराका प्रतीक हुन्। हाम्रो देशमा देश र समाजलाई अज्ञानबाट ज्ञानतर्फ लैजाने माध्यम मन्दिर बनेका छन्। आज देश सबका साथ, सबका विकासको मन्त्रमा चलिरहेको छ। यो भावना हाम्रो देशमा कसरी विकसित भएको छ, हामी वालिनाथधाममा पनि देख्न सक्छौं। मोदीको ग्यारेन्टीको उद्देश्य समाजको अन्तिम तहमा उभिएका देशवासीहरूको जीवनमा परिवर्तन ल्याउनु हो। त्यसैले एकातिर देशमा मन्दिरहरू बनिरहेका छन्, करोडौं गरिबका लागि स्थायी घर पनि बनिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement