बंगाल: चोरी गरेको मूल्यवान १६ वटा साइकल सहित ५ जना पक्राउ

IMG-20240221-WA0184.jpg

बाघडुग्रा: बाघडुग्रा थाना पुलिसले चोरी गरेको मूल्यवान १६ वटा साइकल सहित ५ जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा रनित लोहार, रवी उराव, युगल बराइक, करण लोहार र विशात उराव सामेल छन्। तिनीहरू सबैजना बाघडुग्राको कमलपुर चियाकमान इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति सिङ्गीझोडा इलाकामा ५ जना युवक ५ वटा दामी साइकल लिएर उभिरहेको बाघडुग्रा थाना पुलिसले खबर पाउन साथ उक्त इलाकामा अभियान चलाएर ती ५ जना युवकलाई रोकेर सोधखोज गर्दा तिनीहरूमाथि सन्देह लागेपछि पुलिसले ती ५ जना युवकलाई पक्रेर थानामा लगे। यसपछि तिनीहरूसित फेरि केरकार गर्दा विभिन्न ठाउँबाट साइकल चोरी गरेको कुरा स्वीकारेपछि पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पछि पुलिसले बाघडुग्राको विभिन्न इलाकाबाट अझ ११ वटा साइकल उद्धार गरेको छ। उद्धार गरेको १६ वटा साइकलको अनुमानित बजार मूल्य लगभग ५ लाख रुपियाँ तोकेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ती युवकहरूले बाघडुग्रा लगायत विभिन्न इलाकाबाट साइकल चोरी गरेर सिलगढी लगायत यसको छेउछाउको इलाका साथै नेपालमा समेत बिक्री गर्ने गर्दथे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement