सिलगढी: स्कुलबगाट चोरीको भएको मिड डे मीलकाे समान मतिगढा थाना पुलिसले १२ घण्टाको अवधिमै उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। घटनाक्रम अनुसार गत मंगलबार अबेर राति मतिगढा थाना अन्तर्गत शिशाबारीस्थित एउटा सरकारी स्कुलको ताला भत्काएर चाेरहरूले मिड डे मिलको रूमबाट भाँडाकुँडा, ग्यास सिलेन्डर चोरी गरेको थियो। यसपछि गत बुधबार बिहान स्कुलकी शिक्षिकाले चोरी भएको थाहा पाएपछि घटनाबारे मतिगढा थानामा अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले १२ घण्टाको अवधिमै चोरी गरेको समानहरू शिशाबारी इलाकाबाट उद्धार गरेको छ भने पुलिसले चोरको खोजी गरिरहेको बताइएको छ। मतिगढा थाना पुलिसले स्कुल प्रबन्धनलाई उद्धार गरेको समान सुम्पिदिएको छ।