ईंग्लिश प्रीमियर लीगमा लिभरपूलको एकतर्फी जीत

IMG-20240222-WA0111.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा शीर्षमा रहने लिभरपूलले एकतर्फी जीतको साथ आफ्नो शीर्ष स्थानलाई मजबूत बनायो। बुधवार राति खेलिएको म्याचमा लिभरपूलले लुटोन टाउनलाई ४-१-ले पिट्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ६१ प्रतिशत पोजेशनको साथ खेले पनि लिभरपूल मध्यान्तरसम्म एक गोलले पछि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ जुर्गेन क्लोपको टीमले असाधारण पुनरागमनको साथ गोलको वर्षा गरेर जीत हासिल गऱ्यो। विजेता टीमबाट वर्जिल वान डिकले ५६औं, कोडी गाक्पोले ५८औं, लुइस डिआजले ७१औं र हार्वे एलिअटले ९०औं मिनटमा गोल गरे। यसरी लुटोन टाउनबाट चिडोजी ओगबेनेले १२औं मिनटमा गोल गरे। यस जीतको साथै लिभरपूल २६ वटा म्याचमा ६० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो।

लिभरपूलसँग अहिले दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ४ पोइण्ट्स अधिक रहेको छ। दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीले पनि ब्रेण्टफोर्ड विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। सिटीबाट म्याचको एकमात्र गोल एर्लिंग हालाण्डले ७१औं मिनटमा दर्ता गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement